२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोली बाट जयनगर–जनकपुर–कुर्था रेल सेवा सञ्चालनमा आउने (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । भोलि शनिबार नेपाल–भारत अन्तरदेशीय जयनगर–जनकपुर–कुर्था रेल सेवा सञ्चालनमा आउने भएको छ । भोलि नयाँ दिल्लीबाट प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा रेल्वे सेवाको शुभारम्भ गर्नुहुनेछ ।

प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणमा औपचारिक भारत भ्रमणका सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

यसैबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आज शुक्रबार जयनगर–जनकपुर–कुर्था रेल सेवा उद्घाटन कार्यक्रम तयारीको निरीक्षण गर्नुभएको छ ।