४ पुष २०८२, शुक्रबार
,
Latest
अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’ जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा आयुर्वेदिक औषधालय सञ्चालनमा



अ+ अ-

तनहुँ । म्याग्दे गाउँपालिका–२ जामुनेस्थित आयुर्वेदिक औषधालय सञ्चालनमा ल्याइएको छ । उक्त आयुर्वेदिक औषधालयको गाउँपालिका अध्यक्ष मायादेवी रानाले उद्घाटन गरेपछि सञ्चालनमा ल्याइएको हो ।

विसं २००६ मा स्थापना भएको जामुने आयुर्वेदिक औषधालयको अहिले आफ्नै सुविधासम्पन्न भवन निर्माण गरेपछि स्थानीयवासीलाई सेवा लिन सहज भएको छ ।

सङ्घीय सरकारको बजेटबाट भवन निर्माण सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । कूल एक करोड ५८ लाख ८८ हजार २३१ को लागतमा भवन निर्माण गरिएको हो ।

त्यसैगरी, गाउँपालिका मातहतका वडा नं ३ र ४ को नवनिर्मित दुई भवनको हालै उद्घाटनपश्चात् सञ्चालनमा ल्याएको छ । उक्त दुवै भवन ४५ लाख ३० हजार ९२४ का दरले निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

वडा कार्यालय भवन बनाउन निःशुल्क रुपमा आठ आना जग्गासहित पास खर्चसमेत व्यहोर्ने गरी स्थानीय कृष्णराज पण्डितले प्रदान गर्नुभएको हो । गाउँपालिकाका सबै वडा आफ्नै पालामा सम्पन्न गरेर उद्घाटन गर्ने सोच बनाए पनि कोभिड तथा ठेकेदारका कारण वडा नं ६ र ७ भवन निर्माण सम्पन्न गर्न नसकिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो । रासस