४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

तनहुँमा आयुर्वेदिक औषधालय सञ्चालनमा

तनहुँमा आयुर्वेदिक औषधालय सञ्चालनमा
अ+ अ-

तनहुँ । म्याग्दे गाउँपालिका–२ जामुनेस्थित आयुर्वेदिक औषधालय सञ्चालनमा ल्याइएको छ । उक्त आयुर्वेदिक औषधालयको गाउँपालिका अध्यक्ष मायादेवी रानाले उद्घाटन गरेपछि सञ्चालनमा ल्याइएको हो ।

विसं २००६ मा स्थापना भएको जामुने आयुर्वेदिक औषधालयको अहिले आफ्नै सुविधासम्पन्न भवन निर्माण गरेपछि स्थानीयवासीलाई सेवा लिन सहज भएको छ ।

सङ्घीय सरकारको बजेटबाट भवन निर्माण सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । कूल एक करोड ५८ लाख ८८ हजार २३१ को लागतमा भवन निर्माण गरिएको हो ।

त्यसैगरी, गाउँपालिका मातहतका वडा नं ३ र ४ को नवनिर्मित दुई भवनको हालै उद्घाटनपश्चात् सञ्चालनमा ल्याएको छ । उक्त दुवै भवन ४५ लाख ३० हजार ९२४ का दरले निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

वडा कार्यालय भवन बनाउन निःशुल्क रुपमा आठ आना जग्गासहित पास खर्चसमेत व्यहोर्ने गरी स्थानीय कृष्णराज पण्डितले प्रदान गर्नुभएको हो । गाउँपालिकाका सबै वडा आफ्नै पालामा सम्पन्न गरेर उद्घाटन गर्ने सोच बनाए पनि कोभिड तथा ठेकेदारका कारण वडा नं ६ र ७ भवन निर्माण सम्पन्न गर्न नसकिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो । रासस