४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

पत्रकारको लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा कार्यान्वयनमा आउनेछ : मन्त्री खतिवडा

पत्रकारको लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा कार्यान्वयनमा आउनेछ : मन्त्री खतिवडा
अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकारले स्वास्थ्य बीमाको दायरामा सबै नेपाली आउन सके स्वास्थ्योपचारमा सहजता हुने बताउनु भएको छ ।

बुधवार नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री खतिवडाले यस्तो बताउनु भएको हो । उहाँले पत्रकारहरुको स्वास्थ्योपचारको लागि स्वास्थ्य मन्त्रालय, सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघ बीच समन्वय र सहकार्य गरेर अघि बढ्न सकारात्मक रहेको पनि बताउनु भयो । मन्त्री खतिवडाले श्रमजीवि पत्रकारको लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा यसअघिको बजेटमा ल्याइएको भएपनि अहिलेसम्म कार्यान्वयन नहुनुले चिन्तित बनाएको बताउनु भयो । उहाँले पत्रकारका हकहितका लागि उचित प्रश्ताव लिएर मन्त्रालयमा आउन पनि महासंघलाई आग्रह गर्नुभएको छ ।

मन्त्री खतिवडाले भन्नुभयो, ‘सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरिसकेको छ । बीमाको दायरामा सबै नेपालीहरु आउने हो भने स्वास्थ्योपचार निकै सहज हुने हाम्रो आँकलन छ । त्यसैले स्वास्थ्य बीमा बोर्डमार्फत बीमा गरी पत्रकारहरुको स्वास्थ्योपचारको सन्दर्भमा स्वास्थ्य मन्त्रालय, सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघ बीच समन्वय र सहकार्य गरेर अघि बढ्ने सवालमा हामी सबै सकारात्मक छौँ । त्यसैले उचित प्रश्ताव अघि सार्न पनि म आग्रह गर्दछु । अघिल्लो सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रश्तुत गर्दा श्रमजीवि पत्रकारको लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरी तिनीहरुको ५० प्रतिशत नेपाल सरकारले व्यहोर्ने व्यवस्था मिलाउने र साउन १ गतेबाट नै पत्रकार महासंघको सदस्य रहेका पत्रकारहरुलाई उपचार सुविधा परिचय पत्रको आधारमा देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने विषय उल्लेख थियो । तर यो आर्थिक वर्षसम्म यो विषय कार्यान्वयन हुन नसक्नुमा म चिन्तित छु । यो विषय म मेरै कार्यकाल रहँदा नै शुरु होस् भन्ने चाहन्छु त्यसैले यसको बारेमा काम अघि बढाउन निर्देशन समेत दिइसकेको छु । नेपाल पत्रकार महासंघले तत्काल यो काम अघि बढाएर कार्यान्वयनमा लैजान सञ्चार मन्त्रालयलाई ताकेता गरेमा र अर्थमन्त्रालयलाई भनेमा मेरो मन्त्रालयबाट म तत्काल यसको कार्यान्वयनमा लैजाने कुरामा प्रतिवद्धता जनाउन चाहन्छु ।’

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारको स्वास्थ्योपचारका लागि अस्पताल छुट्टैअस्पताल बनाएर निःशुल्क स्वास्थ्य सेवा दिँदा सरकारको सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने लक्ष्यमा पुग्ने बताउनु भयो । उहाँले बजेट भाषणमा निःशुःल्क उपचारको कुरा आए पनि बजेट नछुट्याउँदा अझै पत्रकारले निःशुल्क स्वास्थ्य सेवा नपाएको गुनासो गर्नुभयो ।

अध्यक्ष पोखरेलले भन्नुभयो, ‘हामी क्रमशः काम गर्दै जाने हो भने लक्ष्यमा पुग्छौँ । हामीले जस्तै आर्मी, पुलिस, निजामति कर्मचारी सबैको लागि अस्पताल बनाइएको छ । यसरी पत्रकारको लागि पनि निःशुल्क उपचार पाउने अस्पताल बनाउने हो भने हामी सरकारले भनेको निःशुल्क स्वास्थ्य सेवा दिने लक्ष्यमा पुग्छौँ । बजेट भाषणमा त्यो कुरा आयो पनि तर नीति बन्यो तर रकम नछुट्याएको कारणले त्यो सेवा सुविधा पाउन सकेका छैनौँ ।’

नेपाल पत्रकार महासंघले आज स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम एवं प्रभातफेरी कार्यक्रम गरेर ६७ औँ स्थापना दिवस मनाएको छ । यस अवसरमा केन्द्रीय समितिले काठमाडौंको सिनामंगलदेखि सञ्चारग्रामसम्म बिहान प्रभातफेरी, रक्तदान र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा पत्रकारहरूको मिर्गौला परीक्षण र दाँतको परीक्षण तथा उपचार भएको छ । कोभिडका कारण मिडिया क्षेत्रमा परेको असरबारे बहस र नीतिगत समाधानका लागि गर्नुपर्ने प्रयासहरूबारे छलफल गर्ने कार्यक्रम रहेको पनि महासंघले जनाएको छ ।