२५ भाद्र २०८३, बिहीबार
,
Latest
ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेक्सिकोमा गोली हानेर २० जनाको हत्या



अ+ अ-

काठमाडौं । मेक्सिकोमा गोली हानेर २० जनाको हत्या भएको छ ।

आइतबार स्थानीय समय अनुसार बिहान साढे १० बजेतिर मध्यमेक्सिकोको मिचोआकन राज्यस्थित लास टिनाजस शहरमा आयोजित एक उत्सवमा सहभागीहरुमाथि गोली चल्दा २० जनाको मृत्यु भएको हो ।

घटनास्थलबाट १६ पुरुष र ३ महिला गरी १९ जनाको शव संकलन गरिएको र एकजनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

अस्पतालमा ६ जनाको उपचार जारी रहेको सीबीएस न्यूजले जनाएको छ । हत्याको कारण नखुलेको र अनुसन्धान जारी रहेको बताइएको छ ।