६ श्रावण २०८३, बुधबार
,
Latest
हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल २०२२ः मुम्बई र दिल्लीबीच भिडन्त, कुन टिम बलियो ?



अ+ अ-

एजेन्सी । आईपीएल २०२२ को पहिलो डबल हेडरमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेल्दैछ ।

पाँच पटकको च्याम्पियन मुम्बईको गत सिजनको प्रदर्शन खास रहेन र टोली प्लेअफमा पुग्न सकेन ।

यस्तो अवस्थामा रोहित शर्माको टोली जितसँगै प्रतियोगिताको सुरुवात गर्न चाहन्छ । यता, ऋषभ पन्तको नेतृत्वमा रहेको दिल्ली क्यापिटल्स गत सिजन प्लेअफबाट बाहिरिएको थियो भने दिल्ली यस वर्ष पनि उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ ।

आईपीएलमा हालसम्म दुवै टोलीबीच ३० वटा खेल भएका छन् । जसमध्ये मुम्बईले १६ र दिल्लीले १४ खेल जितेको छ । यस्तो अवस्थामा यस वर्ष पनि यी दुईबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ । तुलनात्मक रुपमा दिल्लीको टोली बलियो देखिन्छ, तर मुम्बईलाई कम आँकलन गर्नु उसको लागि ठूलो गल्ती हुनेछ ।

मुम्बईले कप्तान रोहित शर्मा, इशान किशन, किरोन पोलार्ड र जसप्रित बुमराह सम्मिलित आफ्नो कोर टोलीलाई कायम राखेको छ र यस खेलमा चारै जनाको प्रदर्शन महत्वपूर्ण हुनेछ । सबै ढाँचामा भारतका नयाँ कप्तान रोहितको नेतृत्व र प्राविधिक क्षमता सबैलाई अवगत नै छ ।

अब भारतको भावी कप्तान मानिने ऋषभ पन्तले दिल्लीका लागि कप्तानको रुपमा कस्तो प्रदर्शन गर्छन् त्यो हेर्न बाँकी छ । विस्फोटक ब्याट्सम्यान पन्तमाथि मुम्बईले विशेष निगरानी राख्नुपर्नेछ ।

रोहित आफू र इशान ओपनरमा रहने बताएका छन् । दुवै फर्ममा रहेकाले उनीहरूले विश्वको कुनै पनि बलिङ आक्रमणलाई फेस गर्न सक्छन् । दिल्लीका बलरहरूले यसतर्फ सजग हुनुपर्ने देखिन्छ । यो खेलमा सूर्यकुमार यादव उपलब्ध छैनन् । उनी एनसीएमा ‘रिह्याबिलिटेशन’ मा छन् । उनको स्थानमा फेबियन एलेनले स्थान बनाएका छन् ।

मुम्बईले आफ्नो मिडल अर्डर र लोअर मिडल अर्डरमा ध्यान केन्द्रित गर्नुपर्नेछ जसमा पोलार्ड मात्र अनुभवी खेलाडी छन् । तिलक वर्मा, टिम डेभिड र ‘आगामी एबी डिभिलियर्स’ भनिने दक्षिण अफ्रिकाका युवा ब्याट्सम्यान डेवाल्ड ब्रेभिसमध्ये कसलाई मौका मिल्छ त्यो हेर्न बाँकी छ ।

बुमराहले पेस आक्रमणको नेतृत्व गर्नेछन् र बायाँ हाते तीव्र गतिका बलर जयदेव उनाडकट पनि ब्रेबोर्न स्टेडियमको पिचमा प्रभावकारी हुन सक्छन् । मुम्बईसँग मयंक मार्कण्डे र मुरुगन अश्विन जस्ता प्रभावकारी स्पिनर पनि छन् ।

अर्कोतर्फ, अष्ट्रेलियाका डेभिड वार्नर अझै टोलीमा नआएकाले दिल्लीका लागि पन्त र पृथ्वी शाले इनिङ्स ओपन गर्न सक्छन् । दिल्लीको प्रदर्शनको रथ पन्तको हातमा हुनेछ, जसलाई नेतृत्व लिनुपर्ने चुनौति छ । वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान रोभम्यान पावेल, फर्ममा रहेका सरफराज खान र यू–१९ विश्वकप विजेता कप्तान यश धुलले मध्यक्रममा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । फिनिशरको भूमिका अलराउन्डर शार्दुल ठाकुर र अक्षर पटेलले खेल्नेछन् ।

स्पिनको नेतृत्व अक्षरसँगै बलर कुलदीप यादवले गर्नेछन् । पेस आक्रमणको कमाण्ड दक्षिण अफ्रिकाका एनरिच नोर्टजेले गर्नेछन्, जसको साथमा मुस्ताफिजुर रहमान हुनेछन् । मुख्य प्रशिक्षक रिकी पोन्टिङले प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेका युवा तेज बलर कमलेश नगरकोटीलाई पनि मौका दिन सक्छन् । मुम्बई र दिल्लीबीचको खेल नेपाली समयानुसार ३ः४५ बजे सुरु हुनेछ ।

सम्भावित ११
मुम्बईः रोहित शर्मा (कप्तान), इशान किशन (विकेटकीपर), तिलक वर्मा, डेनियन साम्सरडेवाल्डे ब्रेभिस, टिम डेभिड, किरोन पोलार्ड, मुरुगन अश्विन, जसप्रित बुमराह, टिमल मिल्स, जयदेव उनाडकट, मयंक मार्कंडे।

दिल्लीः पृथ्वी शा, टिम सेफर्ट, यश धुल, मनदीप सिंह, ऋषभ पन्त (कप्तान एवं विकेटकिपर), रोवमान पावेल, अक्षर पटेल, शार्दुल ठाकुर, कुलदीप यादव, खलील अहमद, चेतन साकारिया ।




भर्खरै