४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

राससलाई वाणिज्य बैंकको सहुलियत ऋण

राससलाई वाणिज्य बैंकको सहुलियत ऋण
अ+ अ-

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय समाचार समिति (रासस)का कर्मचारीलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । रासस केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा आज आयोजित कार्यक्रममा सहुलियत कर्जा उपलब्ध गराउनेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

‘पेशाकर्मी सरल कर्जा’ नाम दिइएको सो कार्यक्रमले राससमा कार्यरत कर्मचारीलाई सहजरुपमा कर्जा लिन मार्ग प्रशस्त भएको छ । द्विपक्षीय सम्झौतामा राससकातर्फबाट महाप्रबन्धक सिद्धराज राई र वाणिज्य बैंक शाखा कार्यालय थापाथलीका तर्फबाट शाखा प्रबन्धक विक्रममान श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

वाणिज्य बैंकले आधार दरमा थप चार प्रतिशत प्रिमियम थप गरी सहुलियत कर्जा उपलब्ध गराउनेछ । सरकारी स्वामित्वका संस्थान, समिति एवम् सङ्गठित संस्थामा कार्यरत कर्मचारीलाई सहजरुपमा कर्जा सुविधा दिँदै आएको वाणिज्य बैंकसँग यस खालको सम्झौता गर्दै आएको छ ।

सो अवसरमा महाप्रबन्धक राईले राससका कर्मचारीको हितका लागि आफूहरुले यस खालको सम्झौता गरिएको बताउनुभयो । राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक श्रेष्ठले देशभर सञ्जाल भएको, विश्वसनीय एवम् भरपर्दो रासससँग सहकार्य गर्न पाउनु आफूहरुका लागि समेत गौरवको विषय भएको बताउनुभयो ।

वाणिज्य बैंकले यसअघि नेपाली सेना, नेपाल प्रहरी, नेपाल वायु सेवा निगम, संघीय संसद् सचिवालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल आयल निगमसँग पनि यस्तै सम्झौता गरिसकेको छ । सम्झौता भएपछि पेशाकर्मी सरल कर्जा मार्फत १५ हजार कर्मचारीले कर्जा सुविधा दिएका छन् ।

देशभर शाखा सञ्जाल भएको सरकारी स्वामित्वको वाणिज्य बैंकले २५८ शाखा कार्यालय, २४५ एटिएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालन गरिरहको छ । राष्ट्रिय वाणिज्य बैंकले अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । पछिल्लो पटक बैंकले ‘स्मार्ट क्यूआर टेलर’ प्रणाली लागू गरेको छ । सर्वसुलभ रुपमा डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले केही पहिलादेखि उक्त सेवा प्रदान गर्न थालेको हो ।

विसं २०२२ माघ १० गते मुलुकको आर्थिक क्षेत्रको विकासमा टेवा पुर्‍याउने उद्धेश्यका साथ स्थापना भएको यो बैंक देशका सातै प्रदेशका ७७ वटै जिल्लामा पुग्ने पहिलो वाणिज्य बैंक समेत हो । रासस