५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति, ओली र दाहालसंग छुट्टा छुट्टै भेट गर्दै



अ+ अ-

काठमाडौ । तीन दिवसीय नेपाल भ्रमण रहनु भएका चीनका विदेशमन्त्री वाङ यीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

उहाँले आज बिहान ९ः३० मा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसंग शितल निबासमा शिष्टाचार भेट गर्नुहुने छ । राष्ट्रपति संगको भेटघाट पछि विदेशमन्त्री यीले बिहान ११ बजे होटल मेरियटमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग द्विपक्षीय भेट गर्नुहुनेछ । सो अवसरमा अध्यक्ष ओलीको टोलीमा उपाध्यक्षसहित सात सदस्य रहनुहुने बताइएको छ ।

एमाले अध्यक्ष ओली पछि उहाँले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संग छलफल गर्नुहुने छ । विदेशमन्त्री यी शुक्रबार काठमाडौँ आइपुग्नुभएको हो । उहाँ आईतबार चीन फर्कनु हुने छ ।