१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सीमाविद् श्रेष्ठको पुस्तक सार्वजनिक

सीमाविद् श्रेष्ठको पुस्तक सार्वजनिक
अ अ+ अ-

काठमाडौ । सीमाविद् बुद्धिनारायण श्रेष्ठद्वारा नेपालको सीमा मिचिएको विषयमा प्रमाणसहित लेखिएको पुस्तकर ‘हिस्टोरिकल बाउन्ड्री म्याप्स अफ नेपाल’ को शुक्रबार राजधानीमा एक समारोहका बीच विमोचन गरिएको छ । गोरखा एक्सप्रेस साप्ताहिकको आयोजनामा साहित्यकार तुलसी दिवस, उक्त साप्ताहिकका सम्पादक राजन कार्की, राजनीतिक विष्लेषक सुरेन्द्र केसी र लेखक तथा अन्वेशक डा प्रेमसिंह बस्नेतले संयुक्त रूपमा प्रस्तक सार्वजनिक गर्नुभएको हो ।

लेखक तथा सीमाविद् श्रेष्ठले उक्त पुस्तक भारतले नेपालको सीमा क्षेत्र मिचेको प्रमाणसहितको दस्तावेज भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो पुस्तकमा दार्चुलाको लिपुलेक, कालापानी र लिम्पियाधुरा सोह्रैआना नेपालको हो भन्ने ९० वटा नक्सासहितको प्रमाण पेश गरेको छु ।” उहाँका अनुसार पुस्तकमा लिम्पियाधुरा शिर भएर बग्ने काली नै सीमाना हो भन्ने कुरा तत्थहरूबाट स्पष्ट हुने बताउनुभयो । भारतले सन् १९६२ मा चीनसँगको युद्धका बेला ओगटेको र सोही समयदेखि अहिलेसम्म नछाडेको उहाँले बताउनुभयो । सो क्षेत्रमा ३७२ वर्ग किलोमिटर नेपालको भूभाग मिचिएको छ ।

नेपालको सबैभन्दा बढी क्षेत्रफल मिचिएको र पेचिलो बनेको विषय यही हो गत वर्ष सरकारले सो भूभाग समेटेर नेपालको चुच्चे नक्सा सार्वजनिक गरेको थियो । यस्तै अर्को सीमा विवाद नवलपरासीको सुस्तामा छ । त्यहाँ १४५ वर्ष किलोमिटर नेपालको भूभाग मिचिएको श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले यी दुई ठाउँँसहित नेपालका ७१ स्थानमा भारतसँगको सीमा विवाद रहेको र चीनसँग पनि यदाकदा विवाद आएको बताउनुभयो ।

उहाँले यस समस्याको समाधानको अचुक उपाए भनेको छलफलद्वारा निकास निकाल्ने नै हो भन्नुभयो । उहाँले वार्ताबाट नमिले तेस्रो पक्षको मध्यस्थता स्वीकार गर्नुपर्ने नभए संयुक्त राष्ट्र सङ्घ या अन्तर्राष्ट्रिय अदालतबाट छिनोफानो गर्नुपर्ने कुरा पुस्तकमार्फ सुझाएको बताउनुभयो । तर नेपाल सरकारले अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाब दिनुपर्नेमा उहाँको जोड थियो । यही पुस्तकको आधारमा भारतसँग वार्ता गर्ने हो भने भारतीय सेना हटाउन सकिने लेखक श्रेष्ठको दाबी छ ।

लेखक तथा अन्वेशक डा प्रेमसिंह वस्नेतले एमसिसीका कारण नेपालको सीमा क्षेत्रको अतिक्रमण ओझेलमा परेको भन्दै मौसमी विरोधको अवस्थाले नेपाल कमजोर बनेको बताउनुभयो । उहाँले भारतीय सेनाका अधिकारीहरू नेपालको मानार्थ उपाधि लिएर पनि सीमाको विषयमा भारतको वकालत गरिरहेका तर नेपाली सेनाले आफ्नो पक्षबाट सीमाको विषयमा नबोल्नु विडम्बना भएको बताउनुभयो ।

उहाँले श्रेष्ठको पुस्तकमा नेपाल सरकारका लागि एउटा गीता भएको उल्लेख गर्दै पढ्दै गर्दा छिमेकी राष्ट्रले सबै क्षेत्रमा सीमा मिचेकै हो भन्न प्रमाणित हुने गरी लेखिएको बताउनुभयो । नेपालको सीमा क्षेत्र चीनसँग जोडिएको एक हजार ४३९ किलोमिटर लामो छ भने भारतसँग एक हजार ८८० किलोमिटर लामो रहेको छ ।रासस