२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेन युद्धलाई लिएर तीनवटा शिखर सम्मेलनका लागि बाइडेन ब्रसेल्समा



अ+ अ-

अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेन युद्धका सम्बन्धमा नेटो, जी७ र युरोपेली सङ्घको शिखर सम्मेलनमा भाग लिन बिहीबार ब्रसेल्स आइपुगेका छन्।

त्यसपछि बाइडेन पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडालाई भेट्न वार्सा जानेछन्।

रूसको युद्धविरुद्ध विश्वव्यापी विरोध प्रदर्शन गर्न जेलेन्स्कीको आग्रह

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार विश्वभरका नागरिकहरूलाई आफ्नो देशमा रुसको आक्रमणको विरोध गर्न सडकमा आउन आग्रह गरेका छन्।

“युक्रेनलाई समर्थन गर्न, स्वतन्त्रतालाई समर्थन गर्न, जीवनलाई समर्थन गर्न युक्रेनी प्रतीकहरू लिएर आउनुहोस्”, जेलेन्स्कीले भने, “
आउनुहोस् तपाईंका चोकमा, गल्लीहरूमा, आफैँलाई देख्ने र सुन्ने बनाउनुहोस्।”

पुटिन जी २० शिखर सम्मेलनमा भाग लिन ‘एक कदम धेरै टाढा’– अष्ट्रेलियाका प्रधानमन्त्री

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस वर्षको जी२० शिखर सम्मेलनमा अन्य विश्व नेताहरूसँग बस्न अनुमति दिनु ‘एक कदम धेरै टाढा’ हुने बताएका छन् ।

पुटिनलाई यस वर्षको आयोजक जकार्ताले नोभेम्बरमा हुने जी२० राष्ट्र प्रमुखहरूको शिखर सम्मेलनमा निमन्त्रणा गरिसकेको छ । पुटिन सो सम्मेलनमा आउन चाहेको इन्डोनेसियाका लागि रुसी राजदूतले बताए । तर मोरिसनले छिमेकी युक्रेनमा रुसको युद्धलाई उद्धृत गर्दै आपत्ति जनाए। एजेन्सी