४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जिवन बचाऔँ’

‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जिवन बचाऔँ’
अ+ अ-

काठमाडौँ । २४ मार्चमा मनाउँदै आइएको विश्व क्षयरोग दिवसलाई यस वर्ष पनि नेपालमा विभिन्न कार्यक्रमहरु गरी सप्ताहव्यापी रुपमा मनाइने भएको छ ।

बुधवार राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले पत्रकार सम्मेलनको आयोजना गरी बिहीवार पर्ने यस वर्षको विश्व क्षयरोग दिवस ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जिवन बचाऔँ’ भन्ने नाराका साथमा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको जानकारी गराएको छ । विश्व स्वास्थ्य संगठनले भने विश्व क्षयरोग दिवसको मुल नारा ”Invest to end TB Save Lives′′ तय गरेको छ ।

विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२० अनुसार संसारभरी करिब ९९ लाख मानिसहरु क्षयरोगबाट पिडित भएको जनाइएको छ । जसमध्ये ५५ लाख पुरुष, ३३ लाख महिला र ११ लाख बालबालिका रहेका थिए । क्षयरोगका कारण वार्षिक १५ लाख मानिसको मृत्यु हुने गरेको अनुमान रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ ।

नेपालमा भने गत आर्थिक वर्ष २०७७/७८ को तथ्यांक अनुसार २८ हजार ६७७ जना क्षयरोगका बिरामीहरु उपचारका लागि दर्ता भएको जनाइएको छ । क्षयरोगको उपचार सफलता दर ९१ प्रतिशत रहेको केन्द्रले बताएको छ ।