६ श्रावण २०८३, बुधबार
,
Latest
परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर एमालेको वडा नेतृत्व सर्वसम्मत



अ+ अ-

काठमाडौं । सत्ताबाट बहिर्गमन र पार्टी विभाजनको ‘धक्का’ खेपेको प्रमुख प्रतिपक्ष एमाले शनिबार देशैभर वडा नेतृत्व चयन गर्दै महाधिवेशनमा होमिएको छ । मंसिर १०–१२ मा चितवनमा १० औं महाधिवेशन गर्ने निर्णय गरेको एमालेले आधारभूत तहको कमिटीका अधिवेशनमार्फत पार्टी पुनर्निर्माण अभियान थालेको हो ।

तत्कालीन वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालको समूह बाहिरिएपछि संगठनात्मक क्षति व्यहोरेको एमालेले पार्टी पुनर्निर्माण र चुनावी तयारीलाई पहिलो कार्यसूची बनाएको छ ।

विधान महाधिवेशनको तीन सातापछि एमालेले बाढी प्रभावितबाहेक सबै वडामा एकै दिन नेतृत्व चयन गरेको छ । केन्द्रीय कार्यालय थापाथलीबाट शनिबार अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट देशभर वडा अधिवेशनको उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा ओलीले उन्नतस्तरको समझदारीका साथ वडा अधिवेशन हुने विश्वास व्यक्त गरेका थिए । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङको दाबीअनुसार भर्चुअल माध्यमबाट अध्यक्षको सम्बोधनमा कम्तीमा पाँच लाख कार्यकर्ता सहभागी रहेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।