१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने

भाषणमा मात्रै कुरा गरेर जनताले समृद्धिको अनुभूति गर्न सक्दैनन्- सञ्चारमन्त्री कार्की (भिडियो सहित)

भाषणमा मात्रै कुरा गरेर जनताले समृद्धिको अनुभूति गर्न सक्दैनन्- सञ्चारमन्त्री कार्की (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउन आग्रह गर्नु भएको छ ।

नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले समृद्धिको दिशामा सबैले आ–आफ्नो ठाउँबाट अघि बढन सके १० वर्ष भित्रमा दक्षिण एशीयामा नेपाल पनि एक सम्पन्न मुलुक बन्ने दावी समेत गर्नु भयो । उहाँले विज्ञापन बोर्डप्रति लक्षित गर्दै हरेकले आफैले आफैंलाई अनुशासित बनाएर जनतालाई लोकतन्त्रको अनुभूति गराउनुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो ।

विज्ञापन दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले समाजका अरु क्षेत्रलाई पनि उदाहरणीय बन्ने गरेर मुलुकको समृद्धिको अभियान जुटन विज्ञापन क्षेत्रसँग सम्बन्धित संघ, संस्थाहरुलाई सचेत गराउनु भयो । उहाँले भन्नुभयो, ‘एउटै लक्ष्य हुनुपर्दछ । त्यो भनेको मुलुकलाई समृद्धिको दिशामा अग्रसर गराउने लक्ष्यमा पुर्‍याउनु पर्दछ । हामीले केवल भोषणमा, दस्तावेजमा मात्रै समृद्धिको कुरा गरेर जनताले समृद्धिको अनुभूति गर्न सक्दैनन् । त्यसैले जनताले अनुभूति गर्न सक्ने किसिमको समृद्धिको दिशामा हामी सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक तरिकाले अगाडि बढ्यौं भने देखि मलाई लाग्दछ–१० वर्ष भित्रमा साउथ एशीयामा हामी एउटा सम्पन्न मुलुकको रुपमा विकसित हुन सक्दछौं ।

त्यसैले त्यस दिशामा अग्रसर हुनका निमित्त आजको दिनले यो क्षेत्रमा रहने साथीहरुलाई पनि प्रेरणा प्रदान गरोस् । र तपाईँहरुले खेलेको भूमिकाले समाजका अरु वर्गलाई उदाहरणीय कार्य गर्न प्रेरिच गर्न सकोस् । त्यो पनि म यहाँहरुलाई शुभकामना दिन चाहन्छु । यहाँहरुबाट मैले त्यसैको अपेक्षा गरेको छु । आफैले आफ्नो आचरणलाई अनुशासित गर्न सक्यौ भने मात्रै त्यो लोकतन्त्र जनताका लागि हुन सक्दछ । यस दिशातर्फ पनि हामी सबैले गम्भिरताका साथ सोच्नुपर्ने आवश्यक्ता छ भन्ने कुरा निवेदन गर्न चाहन्छु ।’

मन्त्री कार्कीले विज्ञापन सम्बन्धि आचारसंहिताको प्रस्तावित मस्यौंदामाथि सुझाव दिएर यसलाई समृद्ध बनाउन पनि सराकारवाला सबै निकायलाई आह्वान गर्नुभयो ।