८ भाद्र २०८३, सोमबार
,
Latest
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्रमा देखिएन सुधारको सङ्केत



अ+ अ-

काठमाडौँ । चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौ मसान्तसम्म आउँदा अर्थतन्त्रका विभिन्न सूचकहरू नकारात्मक नै देखिएका छन् । चालू आवको पहिलो महिना साउनदेखि अर्थतन्त्रको विभिन्न सूचक नाकरात्मक देखिन थालेको थियो, त्यसले भदौमा पनि निरन्तरता पाएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनअनुसार भदौमा पनि शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति, चालू खाता, वैदेशिक व्यापार, विप्रेषण आप्रवाहलगायतका सूचकमा नकारात्मक सङ्केत देखिएका छन्, जुन सूचकहरू साउनमा पनि नकारात्मक देखिएका थिए ।

भदौसम्म आउँदा शोधनान्तर घाटा र चालू खाता घाटा थप बढेको छ भने विदेशी मुद्रा सञ्चिति घट्ने क्रमले निरन्तरता पाएको छ । विप्रेषण आप्रवाह घट्ने क्रमले पनि निरन्तरता पाएको देखिन्छ । साथै, वैदेशिक व्यापार घाटा पनि ह्वात्तै बढेको छ । फलतः अर्थतन्त्रमा अझै पनि सुधारको सङ्केत नदेखिएको प्रतिवेदनले पुष्टि गरेको समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।