६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाडोमा यसरी गर्नुहोस् छालाको स्याहार



अ+ अ-

काठमाडौं । जाडोमा गर्मी महिनाभन्दा छालालाई अझ बढी स्याहार गर्नुपर्ने हुन्छ । जाडोमा चिसो स्याँठले छालाको सुख्खापन बढाउँछ । राम्ररी स्याहार नगरे छाला सुख्खा भइ फुट्ने अनि एलर्जी हुने समस्या देखिन्छ । जाडो मौसम बढ्नु भनेको छालाका लागि सुख्खा यामको सुरुवात हुनु हो ।

क्लीनजीङ
मुहारको सौन्दर्य जाडोमा पनि कायम गर्न क्लीनजीङ गर्नुपर्छ । क्लीनजीङले अनुहारको सबै फोहोर हटाउँछ र कोमल बनाइराख्न मद्धत गर्छ ।

मोस्चराइजरको प्रयोग
मनतातो पानीले अनुहार, हात खुट्टा धोइसकेपछि अनिवार्य रुपमा मोस्चराइजरको प्रयोग गर्नु जरुरी छ । यसको तैलीय तत्वले छाला फुट्नबाट रोक्छ । आफूसित हरदम मोस्चराइजर राख्नुपर्छ । अझ एकदम सुख्खा छाला हुनेले त बिर्सनै हुँदैन ।

सनब्लकको प्रयोग
जाडोमा प्राय घाम तापिन्छ त्यसले छाला डढाउनुका साथै पोतो पनि ल्याउँछ । जाडो महिनामा पनि सनब्लकको प्रयोग अनिवार्य गर्नुपर्छ । चिसो धेरै हुँदा टोपी अनि पञ्जाको प्रयोग पनि छुटाउनुहुँदैन । हात र खुट्टालाई राम्ररी छोप्नुपर्छ ।

उचित खानपान
जाडोमा त्यति पानी खाइँदैन । धेरैको रुचि चिया, कफिमा जान्छ । तर जाडो महिनामा चल्ने हावाले छाला रुखो बनाउने हुनाले पानी पिउन जरुरी छ । जिउ हाइड्रेट हुन जरुरी छ । मनतातो पानीको प्रयोग गर्न सकिन्छ । खानामा ओमेगा–३ फ्याटी एसिडको मात्रा बढाउनुपर्छ । जस्तै माछा, सागपातहरु प्रशस्त खानुपर्छ । यसले छालाको सौन्दर्यमा धेरै लाभ मिल्छ ।

(एजेन्सीको सहयोगमा)