२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघर्षरत न्यायाधीशहरू आज पनि इजलास नबस्ने, आन्दोलनका कार्यक्रम तय गर्दै नेपाल बार



प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा ( फाइल फोटो )
अ+ अ-

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू शुक्रबार पनि इजलासमा नबस्ने भएका छन् । जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनको पनि आन्दोलनका कार्यक्रम तय गर्न बैठक बस्दै छ ।

    ‘सडकमा आवाज उठ्दैमा राजीनामा दिन्नँ’

    प्राइम टाइम टिभीलाई दिएको अन्तर्वार्तामा जबराले भनेका छन्, ‘म संविधानको विधि र प्रक्रियाबमोजिम प्रधानन्यायाधीश भएको हुँ, कसैको निगाह, सहयोग र  सद्भावबाट भएको होइन । मेरो बहिर्गमन विधि र प्रक्रिया पनि संविधानले निर्धारण गरेको छ । त्यसअनुसार जान मलाई मञ्जुर छ ।’ तर, सडकबाट आवाज उठ्दैमा राजीनामा नदिने उनको भनाइ छ ।

सोमबार र मंगलबार प्रधानन्यायाधीशले तोकका पेसी र इजलास नबसेका न्यायाधीशहरूले आन्तरिक छलफललाई नै निरन्तरता दिने भएका हुन् । ‘हामी सोमबारदेखि छलफलमा बसेका थियौँ । पछिल्ला दुई दिन ९बुधबार र बिहीबार० पूर्वन्यायाधीशहरूको निधनका कारण शोक प्रस्तावमा सहभागी भएकाले हाम्रो खासै छलफल हुन पाएको छैन । यी दिन इजलास पनि स्थगित भए,’ एक न्यायाधीशले भने, ‘भोलि ९शुक्रबार० पनि इजलास नबस्ला कि १ किनकि हामी छलफलमै हुन्छौँ ।’

इजलास नबसेका न्यायाधीशहरूले खासगरी बारको निर्णय कुरेका छन् । बारले तय गर्ने आन्दोलनका कार्यक्रमअनुसार थप रणनीति बनाउने उनीहरूको योजना छ । ती न्यायाधीशले भने, ‘शुक्रबार बारको पनि बैठक छ । कस्तो परिस्थिति हुन्छ, सबैतिर हेर्नुपर्‍यो नि १ त्यसका आधारमा आइतबारबाट अघि बढ्छौँ ।’

बारको बैठक बिहान ११ बजेदेखि आफ्नै भवनमा बस्दै छ । राजीनामा नदिन अड्डी कसिरहेका प्रधानन्यायाधीशको कसरी प्रतिवाद गर्ने भन्ने रणनीति बनाउन बैठक बस्न लागेको महासचिव लीलामणि पौडेलले बताए । अदालतभित्र भद्र विरोधदेखि अदालतबाहिर सडकसम्म आन्दोलन चर्काउने कार्यक्रम ल्याउने बारको तयारी छ ।

‘अहिलेसम्मको परिस्थिति हेर्दा प्रधानन्यायाधीश राजीनामा दिने मनस्थितिमा हुनुहुन्न । यसले न्यायालय र उहाँ स्वयंलाई क्षति गर्दै जान्छ,’ पौडेलले भने, ‘हामी अब विरोधस्वरूप कालोपट्टी बाँधेर इजलास जाने, धर्ना दिने, धर्नाको समय हरेक दिन बढाउँदै लैजाने, बेन्च बहिष्कार गर्नेसम्मका कार्यक्रमको तयारीमा छौँ । सबै न्यायाधीशको बेन्च बहिष्कार गर्ने कि प्रधानन्यायाधीशको भनेर बैठक र छलफलले तय गर्छ । प्रधानन्यायाधीशलाई अदालत प्रवेशमा रोक लगाउनेदेखि देशभरका अदालत केही घन्टा ठप्प गर्ने निर्णय पनि हुन सक्छ ।’ प्रधानन्यायाधीशले अटेर गरे लाठी–गोली खाए पनि कडा आन्दोलनमा उत्रिने पौडलले बताए ।

मन्त्रिपरिषद्, संवैधानिक परिषद्लगायतमा भाग मागेको, सर्वोच्चबाट गरेका फैसला देखाएर ‘बार्गेनिङ’ गरेको तथा गोलाप्रथाबाट पेसी तोक्छु भनेर पछि हटेकोलगायत गतिविधिबाट प्रधानन्यायाधीशमा न्यायिक विचलन देखिएको भन्दै सिंगो न्याय क्षेत्र र नागरिक समाजसमेतले मार्गप्रशस्त गर्न दबाब दिएका छन् । सर्वोच्चका सहकर्मी न्यायाधीश र बार एसोसिएसनले मात्रै होइन, सर्वोच्च बार, चार पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, न्याय क्षेत्रसँग सम्बन्धित संघसंस्था, बृहत् नागरिक आन्दोलनले जबराको राजीनामा मागेका छन् । (नयाँपत्रिका दैनिकमा खबर छ)




भर्खरै