२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा दसबुँदे पक्षधर नेताबीचमै मतभेद



अ+ अ-

एमालेमा दसबुँदे पक्षधर नेताबीचमै मतभेद

काठमाडौँ — नेतृत्व चयनका लागि दसौं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा एमालेको असन्तुष्ट समूह (दसबुँदे सहमतिका पक्षधर १० नेता) भित्रै मतभेद देखिएको छ । दसबुँदे सहमतिलाई मुद्दा बनाएर संस्थापन पक्षसँग संघर्षसहितको सहकार्य गर्ने वा महाधिवेशनसम्म दसबुँदेको मुद्दा सुषुप्त राख्ने भन्ने विषयमा असन्तुष्ट समूहमा मतभेद देखिएको हो ।

दसबुँदे सहमतिका पक्षधर १० नेता विभाजित देखिएपछि अध्यक्ष केपी शर्मा ओलीले उनीहरूमाथि दबाब बनाउन थालेका छन् । उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले पूर्वसहमतिअनुसार दसबुँदेको इमान्दारितापूर्वक कार्यान्वयन खोजेका छन् तर उनीहरूको कार्यशैलीले संस्थापन पक्षसँगको सम्बन्ध झनै जटिल हुने र त्यसले महाधिवेशनमा अप्ठ्यारो पार्न सक्ने भन्दै अन्य आठ नेताले मौनता साँधेका छन् ।

‘हामी यति कमजोर हुने थिएनौं, उहाँहरूको अपरिपक्व कार्यशैलीकै कारण यस्तो भएको हो,’ दसबुँदे सहमति पक्षधर एक नेताले भने, ‘उहाँहरूले गर्दा हामी पनि कमजोर भयौं । उहाँहरू जति बोल्नुहुन्छ्, त्यति बिग्रिराखेको छ ।’ रावल र भुसालले भने आफैंले गरेको सहमति कार्यान्वयन हुनुपर्ने अडानबाट पछाडि हटे पनि अरू नेताप्रति असन्तुष्टि जनाएका छैनन् । बिहीबारको स्थायी कमिटी र शुक्रबारको केन्द्रीय कमिटी बैठकमा पनि असन्तुष्ट समूहका नेताहरूबीच दसबुँदेलाई लिएर एकरूपता छैन भन्ने देखिएको थियो । केन्द्रीय कमिटी बैठकमा रावलले दसबुँदे सहमति कार्यान्वयनको मुद्दा उठाउँदा यसका पक्षधर अन्य नेताले साथ दिएनन् ।

बरु, दसबुँदेकै पक्षधर अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र अमृत बोहोरालगायत नेताले हस्तक्षेप गरेर ओली–रावल तनाव शान्त पारेका थिए । कार्यान्वयनमा आलटाल भएको भन्दै कात्तिक ५ मा बसेको स्थायी कमिटी बैठकमा रावलले दसबुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिएका थिए ।

सोही बैठकमा रावल र भुसालको प्रस्तुतिलाई लिएर अरू नेताले भने असन्तुष्टि जनाएका थिए । ‘स्थायी कमिटी बैठकमा रावल र भुसाल कमरेडले भन्दा युवराज कमरेडले धेरै व्यवस्थित र कडा रूपमा कुरा राख्नुभएको थियो,’ दसबुँदे सहमतिमार्फत एमालेमा रहेका ती नेताले भने, ‘उहाँले बैठकका कुरा बाहिर नलगौं पनि भन्नुभएको थियो तर साथीहरूले आफ्ना कुरा बाहिर ल्याउन हतार गरे । मिडियामा बोलेर मात्रै नेता भइन्छ भन्ने सोच उहाँहरूले त्याग्नुपर्‍यो ।’ बैठकमा रावल र भुसालले दसबुँदे सहमति कार्यान्वयमा ओली इमान्दार नभएको भनेर आलोचना गरेका थिए । (कान्तिपुरमा समाचार छ )




भर्खरै