९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाबहिल तरकारी तथा फलफूल बजारमा पनि विद्युतीय कारोबारको व्यवस्था



अ+ अ-

काठमाडौं । काठमाडौंको चाबहिलस्थित तरकारी तथा फलफुल बजारमा पनि विद्युतीय कारोबार गर्ने व्यवस्था गरिएको छ । 

आईतबार एक कार्यक्रमको आयोजना गरी सनराईज बैंकमा प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले क्यूआर कोड हस्तान्तरण गरेसँगै सो बजारमा पनि विद्युतीय भुक्तानी गर्ने व्यवस्था गरिएको हो । यो व्यवस्थासँगै व्यापारी र उपभोक्ता दुवैले सहज ढंगले मालसामन खरिद गर्न र गराउन सजिलो भएको प्रमुख कार्यकारी अधिकृत शर्माले बताउनु भयो । उहाँले यसले पारदर्शीताको काम पनि गर्ने भएकाले लोन लिन चाहने व्यापारीहरुलाई पनि बैंकले सहजै विश्वास गर्न सक्ने वातावरण बन्ने स्पष्ट पार्नु भयो ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शुद्धकुमार डंगोलले सो तरकारी तथा फलफूल बजारमा पनि विद्युतीय कारोबारबाट भुक्तानी गर्ने काम सुरु भएसँगै नगद बोकेर हिँडनुपर्ने अवस्थाको अन्त्य भएको बताउनु भयो । उहाँले विद्युतीय कारोबारले खरिद विक्रीको कामलाई सजिलो बनाइ दिएको पनि स्पष्ट पार्नु भयो ।

यसैबीच, तरकारी किन्न आएका ग्राहकहरुले पनि विद्युतीय कारोबारबाट भुक्तानी गर्ने सो व्यवस्थाले आफूहरुलाई सहज बनाइ दिएको प्रतिक्रिया दिएका छन । तरकारी किन्नका लागि सो बजारमा पुग्नु भएका सफल श्रेष्ठले विद्युतीय भुक्तानी गर्ने सो कारोबारले आफूहरुलाई धेरै सजिलो बनाई दिएको बताउनु भयो । उहाँले पैसा हराउने झन्झट पनि नहुने भन्दै सो तरकारी बजारमा विद्युतीय कारोबारका लागि क्यूआर कोडको व्यवस्था गरिदिएकोमा सनराईज बैंकलाई धन्यवाद समेत दिनु भयो ।

त्यसैगरी अर्की ग्राहक सुवानी घिमिरेले विद्युतीय भुक्तानीबाट सो बजारमा तरकारी किन्न पाउने व्यवस्थाले आफूहरुलाई सहज बनाईदिएको बताउनु भयो । सनराईज बैंकले हालसम्म १० हजार भन्दा बढि व्यापारिक केन्द्रमा विद्युतीय भुक्तानीका लागि क्यूआर कोडको व्यवस्था गरिसकेको छ । नगद कारोबारलाई सहज बनाउन आफूहरुले विद्युतीय कारोबारका लागि आवश्यक प्रविधि भित्र्याउन जोड दिएको बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले बताउनु भयो ।