६ पुष २०८२, आईतवार
,
Latest
उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत पसिनाका गन्धमा सफलता खोज्ने तिवारी कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर : ३८४ जनाको परीक्षण गर्दा ७५ मा मोतियाबिन्दुको समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाबहिल तरकारी तथा फलफूल बजारमा पनि विद्युतीय कारोबारको व्यवस्था



अ+ अ-

काठमाडौं । काठमाडौंको चाबहिलस्थित तरकारी तथा फलफुल बजारमा पनि विद्युतीय कारोबार गर्ने व्यवस्था गरिएको छ । 

आईतबार एक कार्यक्रमको आयोजना गरी सनराईज बैंकमा प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले क्यूआर कोड हस्तान्तरण गरेसँगै सो बजारमा पनि विद्युतीय भुक्तानी गर्ने व्यवस्था गरिएको हो । यो व्यवस्थासँगै व्यापारी र उपभोक्ता दुवैले सहज ढंगले मालसामन खरिद गर्न र गराउन सजिलो भएको प्रमुख कार्यकारी अधिकृत शर्माले बताउनु भयो । उहाँले यसले पारदर्शीताको काम पनि गर्ने भएकाले लोन लिन चाहने व्यापारीहरुलाई पनि बैंकले सहजै विश्वास गर्न सक्ने वातावरण बन्ने स्पष्ट पार्नु भयो ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शुद्धकुमार डंगोलले सो तरकारी तथा फलफूल बजारमा पनि विद्युतीय कारोबारबाट भुक्तानी गर्ने काम सुरु भएसँगै नगद बोकेर हिँडनुपर्ने अवस्थाको अन्त्य भएको बताउनु भयो । उहाँले विद्युतीय कारोबारले खरिद विक्रीको कामलाई सजिलो बनाइ दिएको पनि स्पष्ट पार्नु भयो ।

यसैबीच, तरकारी किन्न आएका ग्राहकहरुले पनि विद्युतीय कारोबारबाट भुक्तानी गर्ने सो व्यवस्थाले आफूहरुलाई सहज बनाइ दिएको प्रतिक्रिया दिएका छन । तरकारी किन्नका लागि सो बजारमा पुग्नु भएका सफल श्रेष्ठले विद्युतीय भुक्तानी गर्ने सो कारोबारले आफूहरुलाई धेरै सजिलो बनाई दिएको बताउनु भयो । उहाँले पैसा हराउने झन्झट पनि नहुने भन्दै सो तरकारी बजारमा विद्युतीय कारोबारका लागि क्यूआर कोडको व्यवस्था गरिदिएकोमा सनराईज बैंकलाई धन्यवाद समेत दिनु भयो ।

त्यसैगरी अर्की ग्राहक सुवानी घिमिरेले विद्युतीय भुक्तानीबाट सो बजारमा तरकारी किन्न पाउने व्यवस्थाले आफूहरुलाई सहज बनाईदिएको बताउनु भयो । सनराईज बैंकले हालसम्म १० हजार भन्दा बढि व्यापारिक केन्द्रमा विद्युतीय भुक्तानीका लागि क्यूआर कोडको व्यवस्था गरिसकेको छ । नगद कारोबारलाई सहज बनाउन आफूहरुले विद्युतीय कारोबारका लागि आवश्यक प्रविधि भित्र्याउन जोड दिएको बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले बताउनु भयो ।