२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

इसेवा मनी ट्रान्सफर र कतारको अलदार एक्सचेन्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता



अ+ अ-

काठमाडौँ । पछिल्लाा दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनी ट्रान्सफरले कतारको ख्यातीप्राप्त रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गरेको छ । यस सम्झौता सँगै, कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जको कतारमा रहेका २१ ओटा शाखाहरुमा गइ इसेवामनी ट्रान्सफर मार्फत सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा पठाउन सकिने कम्पनीले बताएको छ ।   

अबदेखि कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्ज मार्फत इवामनी ट्रान्सफरसंग आवद्ध नेपालका जुनसुकै बैंक खातामा र इसेवावालेटमा सहजै पैसा पठाउन सकिनेछ । यसैगरी, अलदार एक्सचेन्जमार्फत पठाएको रकम, इसेवामनि ट्रान्सफरको देशभर रहेका ८ हजारभन्दा बढी एजेन्ट सञ्जाल बाट पनि सहजै भुक्तानी लिन सकिने बताइएको छ । साथै, अलदार एक्सचेन्जको (Al Dar workers app) बाट पनि चाडैं इसेवामनी ट्रान्सफरको सेवा सुचारु हुने भएको छ । 

उक्त सम्झौताबारे बोल्ने क्रममा इसेवा मनी ट्रान्सफरका सि.इ.ओ, अजेस कोइरालाले भन्नुभयो, ‘इसेवामनी ट्रान्सफर र अलदार एक्सचेन्जवीचको यस सम्झौताले कतारबाट नेपाल रेमिट्यान्स् भुक्तानी सेवालाई थप सहज बनाएको छ र कतारमा रहेका नेपाली कामदारलाई नेपालमा पैसा पठाउने एउटा प्रभावकारी माध्यम प्रदान गरेको छ ।”

अलदा एक्सचेन्ज कतारको अग्रणी रेमिट्यान्स भुक्तानीकम्पनी हो । यसले कतार मुद्रा विनिमय व्यापार उद्योगमा शिर्ष स्थान ओगटेको छ । यो सन् २००६ यताकतारी रेमिट्यान्स् बजारको एक अभिन्न हिस्सा ओगटेर बसेको कम्पनी रहेको छ । अलदार एक्सचेन्ज संसारका आफ्ना स्थानका अब्बल ८५ बैंकहरु सँग रेमिट्यान्सको कारोबार गर्दै आएको छ भने यसले संसारभर इसेवामनी ट्रान्सफर जस्तै हजारौं रेमिट कम्पनीसंग आवद्ध रहँदै संसार भरिका मानिसलाई सहज र सुचारु ढंगमा रेमिट्यान्स् सेवाप्रवाहगर्दै आइ रहेको छ । 

इसेवामनि ट्रान्सफरले परम्परागत तथा डिजिटल माध्यमबाट इसेवावालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामाविपे्रषण रकम भित्राउँदै आएको छ । इसेवामनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवामनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी हो ।