१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

प्रधानन्यायाधीश विरुद्ध कानुन व्यवसायीहरुको आक्रोश, राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने (भिडियो रिपोर्ट)

प्रधानन्यायाधीश विरुद्ध कानुन व्यवसायीहरुको आक्रोश, राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने (भिडियो रिपोर्ट)
अ अ+ अ-

काठमाडौं । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन । नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतको प्राङगनमा सोमबार पनि आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी भएका कानुन व्यवसायीहरुले प्रधानन्यायाशीश जबराले अव पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरुको आन्दोलनको सामना गर्न तयार हुनुपर्ने बताउनु भयो ।

नेपाल बार एशोसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायधीश जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी राख्ने बताउनु भयो । उहाँले प्रधानन्यायाधिश जबरालाई अव पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरुको आन्दोलनका सामना गर्न तयार रहन चेतावनी दिनु भयो । उपाध्यक्ष भट्टराईले भन्नु भयो, ‘हाम्रो अहिलेको माग भनेको प्रधानन्यायाधीशको राजीनामा हो ।

कुनै पनि हालतमा नेपाल बार एशोसिएशन यो मागबाट बाहिरिने वाला छैन । नेपाल बार ब्याक हुनेवाला छैन । र देशभरका कानुन व्यवसायीहरु आन्दोलित हुनुपर्ने अवस्था आयो भने त्यो परिस्थितिको सामना गर्न प्रधानन्यायाधीश तयार हुनुपर्नेछ ।’

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायालय समाप्त हुन लागेकाले प्रधानन्यायाधीश जबराको राजीनामा माग्न बाध्य हुनुपरेको स्पष्ट पार्नु भयो । उहाँले न्यायपालिकालाई संकटबाट बचाउन प्रधानन्यायाधीशले राजीनामा दिनुको विकल्प नभएको बताउनु भयो । वरिष्ठ अधिवक्ता त्रिपाठीले भन्नु भयो, ‘आज न्यायपालिका प्रधानन्यायाधीशका कारण संकेटमा परेको छ । न्यायपालिकामा हिजो समस्या थियो । तर आज न्यायपालिकामा संकट आएको छ ।

विवाद पहिलो पनि थियो । तर उहाँले संकट निम्त्याउनु भयो । न्यायपालिका समाप्त हुने विन्दुमा पुगेको छ । आज प्रधानन्यायाधीशजीले के भन्नु हुन्छ भने–मलाई संवैधानिक प्रक्रियाबाट हटाऊ । तर म प्रधानन्यायाधीशजीलाई प्रश्न गर्न चाहन्छु–उहाँले संविधानले तोकेको आफ्नो न्यूनतम केही भूमिकाम निर्वाह गर्नु भएको छ ?  के आज उहाँले आफ्नो न्यायपालिकालाई नेतृत्व प्रदान गर्न सक्नु भएको छ रु आज उहाँको नेतृत्व सम्पूर्ण रुपमा असफल भएको छ । आज उहाँकै कारणले इजलास बस्न सकेको छैन । न्यायिक प्रक्रिया नै अवरुद्ध भएको छ । त्यसको सबैभन्दा ठूलो कारण उहाँ आफै हुनुहुन्छ । प्रधानन्यायाधीशका कारणले गर्दाखेरी यो न्यायपालिकामा सबैभन्दा ठूलो खतरा प्रधानन्यायाधीशको आचरणको कारण भएको छ । यो नेपालको न्यायिक ईतिहासमै दूर्भाग्यपूर्ण कुरा हो ।’

नेपाल बार एशोसिएशनका पूर्व केन्द्रिय सदस्य रमनकुमार कर्णले न्यायालयलाई बचाउनका लागि पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिन ढिलाई गर्न नहुने बताउनु भयो । उहाँले प्रधानन्यायाधीश जबरा रहुन्जेल न्यायालय चल्नै नसक्ने दावी समेत गर्नु भयो । कर्णले भन्नु भयो, ‘हामी प्रधानन्यायाधीशको राजीनामा माग गरेर निरन्तर आन्दोलनमा छौं । प्रधानन्यायाधीशको राजीनामा वकीलले माग गर्नु निश्चयनै दुःखद् कुरा हो ।

तर बारले माग गरिसकेपछि प्रधानन्यायाधीशले राजीनामा नदिनु त्यो भन्दा पनि दुःखद कुरा हो । प्रधानन्यायाधीशले यो बुझ्नु पर्छ कि बार किन तपाईको राजीनामा माग गर्न बाध्य भयो, विवश भयो रु बार र बेन्ज दुवैले तपाईको राजीनामा माग गरिरहेका छन । यस्तो अवस्थामा तपाईसँग राजीनामाको विकल्प छैन । राजीनामा दिनुस् । मार्ग प्रशस्त गर्नुस् । तपाईका लागि सबैभन्दा यही राम्रो हुन्छ । यो तपाईको भलोको लागि होईन । आम नेपाली नागरिकको न्यायको लागि माग गरिएको हो । यो न्यायिक संस्थाका लागि तपाईको राजीनामा माग गरिएको हो । तपाई रहुन्जेल अव यो संस्था चल्न सक्दैन ।

किनभने हिजो केही व्यक्तिहरु विवादित थिए । आज यो संस्थामाथि प्रश्न उठिसकेको छ । यो संस्थाको बचाऊको लागि तपाईले राजीनामा दिनु पर्यो ।’
नेपाल बार एशोसिएशनले मंगलबार (भोली) बिहान साँढे १० बजेपनि सर्वोच्च अदालतको प्राङगनमा धर्ना दिने जनाउँदै त्यसमा सहभागी हुन कानुन व्यवसायीहरुलाई आह्वान गरेको छ ।