१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

जाडोको सिजन शुरु भएसँगै भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने- डा.आलोक ढुंगेल (भिडियो सहित)

जाडोको सिजन शुरु भएसँगै भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने- डा.आलोक ढुंगेल (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । जाडोको सिजन शुरु भएसँगै भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै चिकित्सकहरुले सचेत गराएका छन् । 

काठमाडौँसहित देशभर चिसोको मौसम शुरु भएसँगै चिकित्सकहरुले भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन आम नागरिकहरुलाई आग्रह गरेका हुन् । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका कन्सलट्यान्ट फिजिशियन डा. आलोक ढुंगेलले चिसो मौसम बढेकोले बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीहरुले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्नुभयो । उहाँले अहिलेको मौसम कोरोनासँगै फ्लूको संक्रमण बढी हुने भएकोले यसले श्वासप्रश्वासमा समस्या आउने बताउनुभयो ।

कन्सलट्यान्ट फिजिशियन डा. ढुंगेलले चिसोबाट जोगिने, तातो र न्यानो कपडा लगाउने, बाहिर नहिँड्ने, धुवाँ र धुलोबाट बच्ने, मर्निङ वाकमा ननिस्कन आग्रह गर्नुभयो । त्यस्तै उहाँले यस्ता फ्लूहरुबाट बच्न रुघाखोकी लागेका मानिसहरुबाट टाढै रहन, मास्कको प्रयोग गर्न, जथाभावि नाक,कान,मुख नचलाउन पनि आग्रह गर्नुभयो । उहाँले यस्ता भाइरसबाट बच्नको लागि भाmेलिलो खानेकुरा खान र भ्याक्सिन अनिवार्य लगाउनु पर्ने पनि बताउनुभयो ।

कन्सलट्यान्ट फिजिशियन डा. ढुंगेलले भन्नुभयो, ‘चिसो मौसम बढेकोले गर्दा साना बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीहरुले एकदमै सतर्कता अपनाउन पर्ने हुन्छ, किनभन्दा अहिले फ्लूको सिजन बढेसँगै कोभिड पनि छ, फ्लूको सिजन पनि बढेको छ, यो सबैमा बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीहरुलाई अलिकति अफ्ठ्यारो बनाउने गर्छ, श्वासप्रश्वासमा समस्या बनाउने हुनाले चिसोबाट जोगिएर तातो, न्यानो कपडा लगाउने, बाहिर नहिँड्ने, धुवाँ, धुलो पनि बिहानको समयमा हुने गरेकोले बिहान मर्निङ वाकमा निस्किन, घरबाहिर निस्किन, त्यति उपयुक्त नहुने खालको देखिन्छ, अर्को कुरा सुत्केरी महिलाहरुले पनि अहिले धुलोधुवाँ, चिसोबाट जोगिनुपर्ने हुन्छ, कपडाहरु न्यानो लगाउनुपर्ने, तातो झोल कुराहरु खानुपर्ने हुन्छ, रुघाखोकी लागेको कोही पनि त्यस्तो मान्छे छ भने उहाँको सम्पर्कबाट विशेष गरी टाढा बस्ने गर्नुपर्दछ, चाहे घर भित्रको कोही सदस्य होस् वा घर बाहिरको होस् रुघाखोकी लागेको मान्छेबाट बस्नुपर्छ, जसरी हामीले कोभिडमा गरिरहेका थियौँ, अहिले यो इन्फ्लूएन्जाको फ्लूको लागि गर्ने पनि त्यही नै हो, योसँगै अरु पनि भाइरसहरु डिनो, राइनो भाइरसहरु जसले बच्चाहरुमा धेरै रुघाखोकी गराउँछ, तिनीहरु पनि सक्रिया हुने बेला हो अहिले, त्यसैले सबै उमेर समुदायकाहरुले भाइरसबाट बच्नलाई जरुरी छ, विशेष गरी  बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीहरुले, जस्तै किड्नी, सुगर, मुटुको रोग, बाथको रोग, क्यानसर वा न्यूरोलोजिकल केही समस्या भएका मानिसहरुले विशेष गरी जोगिनु पर्ने हुन्छ र जोगिने अर्को उत्तम उपाय भनेको हामीले भ्याक्सिन पनि लगाउनु पर्ने हुन्छ, नोभेम्बरमा २०२२ को लागि नयाँ इन्फ्लूएन्जाको भ्याक्सिन आउँदैछ, अहिलेसम्म सायद बजारमा आइसकेको छैन होला, तर नयाँ फ्लूको भ्याक्सिन आइसकेपछि सबै ६ महिना माथिका मानिसहरुले लाउनै नमिल्ने मेडिकल कन्डिशन छैन भने सबैले अनिवार्य रुपमा फ्लूको भ्याक्सिन लगाउनु होला, त्यसले मौसमी रुघाखोकीबाट पनि जोगिन्छ, पहिला शुरु कसरी जोगिने भन्ने हो । जोगिने दुई किसिमको हुन्छ, एउटा भ्याक्सिन लगाएर जोगिने भइयो, अर्को कुरा सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, कोभिड–१९ का बेला गरिरहेका आचरणहरुलाई प्रयोगमा ल्याइराख्ने, रुघाखोकी लागिरहेको मानिसको नजिक नजाने, हातले नाक,मुख धेरै नचलाउने, आँखा,कानहरु नचलाउने, न्यानो रहने, भाmेलचिजहरु प्रशस्त पिउने, धुवाँ,धुलो र चिसोबाट बचिराख्ने, यही दुई माध्यमबाट हामी सबै किसिमका रुघाखोकीका भाइरसबाट बच्न सक्छौँ ।’  

कन्सलट्यान्ट फिजिशियन डा. ढुंगेलले सबै नागरिकहरुले मौसमी रुघाखोकीबाट जोगिने उपायलाई आफ्नो पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले  कोभिड–१९ का बेला गरिरहेका आचरणहरुलाई प्रयोगमा ल्याइराख्नाले पनि मौसमी भाइरल रुघाखोकीबाट बच्न सकिने बताउनुभयो ।  उहाँले २०२२ को लागि नयाँ इन्फ्लूएन्जाको भ्याक्सिन आउन लागेको बताउँदै कोभिडबिरुद्धको भ्याक्सिनको दुई डोज लगाउनेहरुले इन्फ्लूएन्जाको भ्याक्सिन डाक्टरको सल्लाह बमोजिम लगाउन मिल्ने पनि बताउनुभयो ।