५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेशियाली युवाले राइसकुकरसँग विवाह गरेपछि…



अ+ अ-

एजेन्सी । तपाईले विवाह गर्ने पार्टनर कस्तो हुनुपर्छ भन्ने चाहानुहुन्छ ? वा तपाईले कल्पना गरेको जीवनसाथीमा के के गुणहरु खोज्नुहुन्छ ? यसको उत्तर तपाईले दिँदै गर्नुहोला । आज यहाँ महिला र पुरुषबीचको विवाहभन्दा पनि पुरुषले खाना पकाउने कुकरसँग विवाह गरेको छ ।

हो एकजना इन्डोनेशियाली पुरुषले भात पकाउने कुकरसँग विवाह गरेका छन् । उनको विवाह धेरै नटिकेपनि यो विषय निकै भाइरल बनिरहेको छ । विवाहको केही दिन पछि सम्बन्ध विच्छेद गरेको कुरा अहिले ईण्डोनेशियामा सामाजिक सन्जालमा फैलिएको छ । 

इन्डोनेसियाको जाभाका खोईरुल अनामले आफ्नो भात पकाउने कुकरसँग विवाह गरेर सामाजिक सन्जालमा भारईल पैदा गरेका थिए। उनले वस्तुसंग विवाह गरेर अजीब र विचित्र विवाहको रुपमा चर्चा पाएका थिए। उनी आफ्नो नयाँ दुलहीबाट प्रभावित भएका थिए तर उनी सम्बन्ध छिटो तोड्ने व्यक्ति समेत बन्न पुगेका थिए। 

निर्जीव वस्तुहरुसंग विवाह गर्ने बढ्दो प्रवृत्ति जस्तो देखिन्छ। जाभाको मागेलाका खोईरुल अनामले सामाजिक सन्जाल फेसबुकमा विवाह समारोहको तस्वीर पोस्ट गरेर आफ्नो विवाहको घोषणा गरेका थिए। त्यसबखत अनाम परम्परागत सेतो विवाह पोशाकमा देखिएको थिए भने उनको बिजुली दुलहीलाई सेतो कपडाले ढाकिएको थियो।

अनमले सामाजिक सन्जालमला पोष्ट गरेको तस्वीरको क्याप्सनमा आफ्नी श्रीमतीको गुणहरु पनि सूचीबध्दक गरी निष्पक्ष, शान्त, आज्ञाकारी, धेरै कुरा नगर्ने तथा खाना पकाउन जान्ने उल्लेख गरेका थिए।