१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

महाकाली चारलेन पुलको डिजाइन परिवर्तन गरिँदै (भिडियो रिपार्ट)

महाकाली चारलेन पुलको डिजाइन परिवर्तन गरिँदै (भिडियो रिपार्ट)
अ अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित ओदालीमा निमार्णाधीन चारलेन पक्की पुलको डिजाइन परिवर्तन हुने भएको छ । 

पुल निमार्ण प्रक्रियामै रहेका बेला गत महिनाको ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण पहुँच मार्ग भत्काएपछि पुलको केही भागको डिजाइन परिवर्तन गर्न लागिएको हो । पुरानो डिजाइनमा पुलको नदी किनारको भेगदेखि पुल किनार भेगसम्म ढुङ्गाको बाँध लगाउने भनिए पनि स्थानीयले ढुङ्ढा व्यवस्थापनमा बिरोध गरेका कारण ढुङ्गाको सट्टा आरसीसीको प्रयोग गर्ने गरी डिजाइन परिवर्तन गरिन लागिएको महाकाली पुल आयोजना कञ्चनपुरका सवइञ्जिनियर दुर्गादत्त अवस्थीले बताउनुभयो ।

सवइञ्जिनियर अवस्थीले भन्नुभयो, ‘ढुंगाको अभावले डिजाइन परिवर्तन गर्न लागेका हौँ, अब परिवर्तन भएर आएपछि मात्रै पुलको कामहरु अघि बढ्नेछ ।’

निमार्णको जिम्मा पाएको कुमार सिएफइसी जेभीले भने ढुङ्ढा अभावका कारण बाढीले कम्पनीलाई धेरै क्षती गरेको जनाएको छ । कम्पनीले भनेको समयमा ढुङ्गा व्यवस्थापन नभएको र बाँध निर्माण गरिसक्नु पर्ने क्षेत्रमा बाँध बाध्न ढुङ्गा नभएका कारण बाढीले समग्र आयोजनालाई पछि धकेलेको कुमार सिएफइसी जेभीका इञ्जिनियर किशोरराज पाण्डेयले बताउनुभयो ।  

इञ्जिनियर पाण्डेयले भन्नुभयो, ‘कम्पनीले भनेको समयमा ढुङ्गा व्यवस्थापन नभएको र बाँध निमार्ण गरिसक्नु पर्ने क्षेत्रमा बाँध बाध्न ढुङ्गा नभएका कारण बाढीले समग्र आयोजनालाई पछि धकेलेको छ, हामीले ढुंगा ल्याउन बारम्बार भनिरहेका छौँ, त्यो भएन भने ५÷७ महिना लाग्न सक्छ, यदी समयमै ढुंगा आएन भने त्यो भन्दा बढी समय पनि लाग्न सक्छ ।’

निर्माण गरिनुपर्ने बाँध क्षेत्रमा ३० प्रतिशत २० देखि ४० किलोको सानो ढुङ्गा तथा बाँकी ७० प्रतिशत क्षेत्रमा भने २ सय ५७ किलो माथिका ढुङ्गा आवश्यक पर्छन् । आयोजनाकाअनुसार निर्माण स्थलदेखि २५ किलोमिटर क्षेत्र भित्रमा ढुङ्गा संकलन गर्ने भन्ने भएपनि स्थानीयका बिरोधका बीच ढुङ्गा व्यवस्थापन गर्न नसकिएको हो । बाढीले आयोजनाको ६ करोड ३४ लाख ७३ हजार २ सय ५० रुपैयाँको निर्माणाधीन संरचनामा क्षती गरेको छ । २०७४ सालमा ३ अर्ब २७ करोड ठेक्का सम्झौता निर्माण शुरु गरिएको पुलको उत्तरतर्फको २ सय ५० मिटर पहुँच मार्गलाई बाढीले भत्काएको थियो ।