काठमाडौं । नेपाल बार एशोसिएसनले आज पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्न प्रयास गर्ने भएको छ । बार महासचिब लिलामणी पौडेलले एक बिज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकाका विभिन्न अदालतमा समेत हातमा कालोपट्टि बाँधेर बिरोध कार्यक्रममा सहभागी हुन आग्रह गर्नु भएको छ ।
नेपाल बारले बिगतका जस्तै सर्वोच्च अदालतमा धर्ना समेत दिने भएको छ । कानुन व्यवसायीहरुले बारको आह्वानमा शुक्रबार सर्वोच्चको मूल गेटमा धर्ना दिएका थिए । आन्दोलनकाबीच प्रधानन्यायाधीश जबरा भने वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका थिए ।
आज पनि प्रधानन्यायाधीशलाई अदालत प्रवेशमा रोक लगाउन सर्बोच्चको गेटमा शक्ति प्रदर्शन गर्न लागेको हो । यता आजबाट अदालतका कर्मचारीहरु आन्दोलनमा उत्रिने भएका छन् । न्यायालयलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन नहुने भन्दै बिरोधमा उत्रन लागेको हो ।