१४ असार २०८३, आईतवार
,
Latest
हामीले असाधारण काम गरेका छौँ, एमालेका नीतिहरू एकदमै सही छन्ः अध्यक्ष ओली अघिल्लो सरकारको पालामा मुलुकलाई ग्रे लिष्टमा पारियो, हामी निकाल्ने क्रममा छौँः अर्थमन्त्री वाग्ले रास्वपाको संघीयता सम्बन्धी प्रश्ताव अवसरवादी र अपरिपक्वः वर्षमान पुन प्रतिगमनविरुद्ध लोकतान्त्रिक वामपन्थी एक हुनुपर्छ : ओली सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत अहिलेको सरकारको प्रमुख प्राथमिकता नै विकास निर्माण होः कानूनमन्त्री गौतम सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत वामपन्थी र देशभक्त शक्तिहरूबीचको एकतामा ढिलाइ गरे ‘भयानक दुर्घटना’ हुनेछः संयोजक दाहाल त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन हामीले मदन भण्डारीको हत्याबारे यथार्थ उजागर गर्न सक्नुपर्दछः माधवकुमार नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलङलाई



अ+ अ-

काठमाडौं । चौँथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधी सोलुखुम्बुका सुमन कुलङ राईले जित्नुभएको छ । उपाधी संगै उहाले नगद ५० हजार जित्नु भएको छ ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २ सय मिटर उचाईको पाँचपोखरीमा सम्पन्न प्रतियोगितामा कुलुङले निर्धारीत दुरी १ घण्टा ५५ मिनेट ५२ सेकेण्ड मा पुरा गर्दै पहिलो हुनुभयो । 

दोश्रो र तेश्रो स्थानमा आर्मीका गोपाल तामाङ र श्रीकास राईले क्रमश २ घण्टा २९ सेकेण्ड र २ घण्टा १ मिनेट ४० सेकेण्डमा दौड पुरा गर्दै नगद ३० हजार र २० हजार हात पारेका छन् । चौथो र पाचौ स्थान अर्जुन कुलुङ र तीर्थ तामाङले जितेका छन् ।

महिला तर्फ धादिङका रसिला तामाङ पहिलो हुनु भयो  । उहाले २ घण्टा ४४ मिनेट ४३ सेकेण्डमा दौड पुरा गर्नुभयो । उपाधी संगै उहाले नगद ५० हजार पाउनु भएको छ । सिन्धुपाल्चोकका नितु तामाङले निर्धारीत दुरी २ घण्टा ४६ मिनेट २५ सेकेण्ड मा दौड पुरा गर्दै दोश्रो स्थान प्राप्त गर्नुभयो । 

तेस्रो, चौँथो र पाँचौ स्थान क्रमश प्ुयुठानका संगिता बुढामगर, आश्मा बिश्वकर्मा र निर्मला राईले हात पार्नुभयो । त्यस्तै सिन्धुपाल्चोकका सहभागितर्फ पुरुषमा संच तामाङ र महिलामा नितु तामाङले पहिलो स्थान हात पारेका छन् भने भेट्रान पुरुषतर्फ गोर्खाका भिम बहादुर गुरुङ र महिलामा राधा श्रेष्ठ पहिलो भएका छन । प्रतियोगितामा सहभागि खेलाडीको हौसला बढाउन यसियाली म्याराथनका स्वर्ण विजेता बैकुण्ठ मानन्धरले पनि दौडमा सहभागिता जनाउनु भएको थियो ।

जिल्लाको थाङ्पाल गाउँपालीकाको रैथानेश्वरीदेखि सुरु २१ किलोमिटरको म्याराथन ४ हजार २ सय मिटर उचाइको पाँचपोखरी बाट सुरु भएको हो । पर्यटन प्रवद्र्धनका लागि खेलकुद भन्ने मुल नाराका साथ स्वस्थ्य रहन खेलकुद र खेलकुदका माध्यमबाट पाँचपोखरीको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बागमती प्रदेश खेलकुद परिषद सदस्य सचिब सुर्यलाल भन्डारिले बताउनुभयो । 

पुरुष तथा महिला म्याराथन विजेताहरुले क्रमश पचास हजार, तीस हजार, बीस हजार, दश हजारका साथ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए । जिल्लाकै गौरब बोकेको पर्यटकीय स्थल पाँचपोखरीलाई खेलकुद मार्फत जोडेर पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ म्याराथन आयोजना गरिएको गाउँपालिका अध्यक्ष टासि लामाले बताउनुभयो । 

म्याराथनलाई आगामी वर्षहरुमा थप स्तरवृद्धि गर्दै अन्तराष्ट्यि स्तरको आयोजना गर्ने खेलकुल परिषदले जनाएको छ  ।