मुस्ताङ । जिल्लाको कोवाङमा भीषण हिमपहिरो गएको छ । आइतबार बिहान करिब ११ः४० बजे टुकुचे पिक हिमालबाट हिम पहिरो खसेको हो ।
उक्त हिमपहिरोका कारण अहिलेसम्म मानवीय क्षतिको विवरण नआइसकेपनि हिमपहिरो झरेपछि आत्तिएर भाग्ने क्रममा विद्यार्थीसहित सातजना स्थानीय घाइते भएको बताइएको छ ।
उनीहरुको खुट्टा भाँचिएको र मर्किएको छ भने घाइतेलाई अहिले जोमसोमस्थित अस्पताल पठाइएको छ । अहिले प्रहरीको टोली घटनास्थल पुगिसकेको छ ।