१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्लभ पेन्गुइनको ३,००० किलोमिटर यात्रा, एन्टार्टीकाबाट पुग्यो न्युजील्यान्ड



अ+ अ-

एजेन्सी । एन्टार्टीकाको एउटा पेन्गुइन कम्तीमा ३,००० किलोमिटर लामो यात्रा तय गर्दै न्युजील्यान्ड पुगेको छ ।

स्थानीय बासिन्दाहरूले पिङ्गु नाम दिएको उक्त पेन्गुइन एउटा समुद्र तटमा अलमलिएको अवस्थामा फेला परेको थियो ।

पहिलो पटक त्यो पेन्गुइनलाई देख्ने स्थानीय बासिन्दा ह्यारी सिंहले सुरुमा आफूलाई त्यो  ‘खेलौना’ हो कि भन्ने लागेको बताए ।

सो प्रजातिको पेन्गुइन न्युजील्यान्डको तटमा फेला परेको यो तेस्रो घटना हो ।

यसरी भेटियो
सिंह र उनकी पत्नी क्राइस्टचर्च सहरको दक्षिणमा रहेको बर्डलीङ्स फ्ल्याटस्थित समुद्र तटमा टहलिरहेका थिए ।

‘सुरुमा मलाई यो एउटा खेलौना हो भन्ने लाग्यो। एक्कासि पेन्गुइनले टाउको हल्लायो र त्यसपछि मात्रै मलाई यो सक्कली हो भन्ने लाग्यो’, सिंहले भने ।

उनले फेसबुकमा पोस्ट गरेको उक्त पेन्गुइनको भिडिओमा त्यो एक्लै र हराएको अनुभूति गरेको देखिन्थ्यो ।

‘उसले एक घण्टासम्म हलचल गरेन’ र थकित देखिन्थ्यो, सिंहले भने ।

त्यसपछि सिंह पेन्गुइन उद्धारकर्ताहरूलाई सम्पर्क गर्नतिर लागे । उक्त पेन्गुइन पानीतिर नगएका कारण अन्य जनावरको सिकार हुन सक्ने कुराले सिंह चिन्तित थिए ।

‘हामी कुकर वा बिरोको पेटमा पेन्गुइन परोस् भन्ने चाहन्न थ्यौँ’, उनले भने ।

पेन्गुइन पुनर्वासको व्यवस्थासम्बन्धी कार्यमा लागेका टमस स्ट्रयाकले सो पेन्गुइनको उद्धार गरे ।

एन्टार्टीकामा मात्रै पाइने प्रजातिको पेन्गुइन रहेको थाहा पाएपछि स्ट्रयाक चकित भए ।

पेन्गुइनको रक्त परीक्षण गर्दा उसको तौल केही कम रहेको र उसको शरीरमा पानीको मात्रा कम रहेको पाइएको थियो ।

त्यसपछि उसलाई फिडिङ ट्युबमार्फत झोल पदार्थ खुवाइएको थियो । बीबीसी