१४ असार २०८३, आईतवार
,
Latest
कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द अनाडीहरूबाट संविधान संशोधन हुन सक्दैन: पूर्वप्रधानमन्त्री खनाल पाँच वर्षे दीर्घकालीन सोचसहित मौद्रिक नीति ल्याउनुपर्छ: पूर्वसचिव अर्याल वाम एकता भएको भए १०० सिट जित्थ्यौं, आजको सत्ता समीकरण नै फरक हुन्थ्योः झलनाथ खनाल झलनाथको प्रस्तावः अब वाम एकतालाई दीर्घकालीन बनाऔँ मदन–आश्रितको हत्या योजनाबद्ध थियो, सत्य अझै बाहिर आएन : झलनाथ खनाल यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिवद्धता प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाले जित्यो टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि, न्यूजील्यान्ड ८ विकेटले पराजित



अ+ अ-

दुबईः अस्ट्रेलियाले टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । दुबई इन्टरनेसनल स्टेडियममा आइतबार राति भएको फाइनल खेलमा न्यूजील्यान्डलाई ८ विकेटले हराएर अस्ट्रेलियाले उपाधि चुमेको हो । टी–२० क्रिकेटको विश्वकपमा यो अस्ट्रेलियाको पहिलो उपाधि हो ।

टस जितेर पहिले क्षेत्ररक्षण रोजेको अस्ट्रेलियाले न्यूजील्यान्डका खेलाडीलाई खुलेर खेल्न दिएको थिएन । न्यूजील्यान्डका लागि कप्तान केन विलियम्सनले बनाएको सर्वाधिक ८५ रनको मद्दतले ४ विकेटको क्षतिमा न्यूजील्यान्डले १७२ रन बनाएको थियो । विलियम्सनले ३ छक्का र १० चौका प्रहार गरेका थिए ।

साथै, मार्टिन गप्टीलले २८, ड्यारिल मिचेलले ११, ग्लेन फिलिप्सले १८, जेम्स निशामले १३ रन बनाएका थिए ।
 
जितका लागि १७३ रनको चुनौती पाएको अस्ट्रेलियाका लागि डेभिड वार्नर र मिसेल मार्सले आक्रामक खेल कौशल प्रस्तुत गर्दै अस्ट्रेलियालाई सहज विजयतर्फ अघि बढाएका थिए ।

डेभिड वार्नरले व्यक्तिगत ३ छक्का, ४ चौकाको मद्दतले ३८ बलमा ५३ रन बनाएका थिए । उनी ट्रेन्ट बोल्टको बलमा आउट भएका थिए । कप्तान आरोन फिन्च फेरि एक पटक असफल रहे । उनले ५ रन मात्र बनाएर आउट भए ।

तर मिचेल मार्सले ४ छक्का, ६ चौका मद्दतले ७७ रन बनाए, र अन्तसम्म आउट भएनन् । ग्लेन म्याक्सवेलले २८ रन बनाएका थिए । उनले विजयी रन बनाएका थिए । एजेन्सी