२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक अर्ब ५९ करोडमा सुर्खेतमा कर्णाली रङ्गशाला निर्माण सुरु



कर्णाली प्रदेश
कर्णाली प्रदेश
अ+ अ-

सुर्खेतः कर्णालीे प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० लगानीमा रङ्गशाला निर्माण  सुरुआत गरिएको छ ।  प्रदेश सरकारको  लगानीमा  सो रङ्गशाला   निर्माण  सुरु भएको हो ।  

रङ्गशाला निर्माणार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार मुख्यमन्त्री जीवनबहादुुर शाहीका उपस्थितिमा कर्णाली प्रदेश खेलकुद परिषद् र निर्माणको जिम्मा लिएको कम्पनी एमएसी÷जिएसएल जोइन्ट भेन्चुर कान्तिपथ काठमाडौँबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ  । सो अवसरमा मुख्यमन्त्री शाहीले मुलुक विकासको मेरुदण्डका रुपमा कार्यरत प्राविधिक जनशक्तिले यसको निर्माणार्थ अहोरात्र खट्न आग्रह गर्नुभयो ।

“हरेक ठूला आयोजना सङ्घ सरकारबाट हुँदै आएका छन् तर यतिबेला कर्णाली प्रदेश सरकारले पहिलो प्रदेश गौरवको आयोजनाका रुपमा ठूलो लगानी गरेर रङ्गशाला निर्माणको कार्यलाई अगाडि बढाएको छ”, उहाँले भन्नुभयो, “यसको निर्माण कार्य जिम्मा लिएको कम्पनीले तोकिएको मितिभन्दा अगावै सक्ने गरी दिनरात खटिएर काम गर्न अनुरोध गर्दछु ।” प्राकृतिकरुपले सम्पन्न कर्णालीको विकासमा दत्तचित्त भएर लाग्न निर्माण व्यवसायीलगायत राष्ट्रसेवक सम्पूर्ण कर्मचारीलाई उहाँले सुझाउनुभयो ।

कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले इपिसी डिजाइन एण्ड बिल्डअनुसार सम्झौता भएको रङ्गशालाको निर्माण फिफा स्ट्याण्डर्डमा हुने जानकारी दिनुभयो ।

“हामीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने उद्देश्यका साथ निर्माणको काम आइतबारदेखि लागू हुने गरी सम्झौता गरेका छौँ”, उहाँले भन्नुभयो, “दशहजार दर्शक अट्ने क्षमताको प्याराफिटसहितको रङ्गशालाको निर्माण कार्य ३० महिनामा सम्पन्न हुनेछ ।”

प्रदेश सरकारअन्तर्गतको पहिलो अन्तर्राष्ट्रिय बोलपत्र आह्वान विसं २०७८ असार ३१ गते भई छ बोलपत्रदाताको सहभागितामा ०७८ भदौ २१ गते खोलिएको उहाँले जानकारीदिनुभयो । नेपाली र भारतीय निर्माण व्यवसायीको साझेदारीमा सञ्चालित एमएसी÷जिएसएल जोइन्टर भेन्चुरका आधिकारिक प्रतिनिधि अनुप आचार्यले नमूना र गुणस्तरयुक्त रङ्गशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“हामीसँग रङ्गशाला निर्माणको राम्रो अनुभव छ”, उहाँले भन्नुभयो, “यसअघि दाङ सम्पन्न गरिसकेका छौँ भने पोखरा अन्तिम चरणमा छ ।”

रङ्गशालाको संरचना

दशहजार दर्शक क्षमताका रङ्गशालामा भूकम्प प्रतिरोधी प्यारोफिट बन्नेछ । भिआइपी प्यारोफिट, मिडिया रुम, रेफ्री, चेन्जिङ र रिफ्रेस रुम, मेडिकल रुम, फिजियोथेरापी, भिआइपी वेटिङ रुमका साथै अण्डरग्राउण्ड पार्किङ निर्माण गर्ने गरी रङ्गशालाको डिजाइन गरिएको परिषद्का सदस्य सचिव सञ्ज्यालले जनाउनुभयो ।

उहाँका अनुसार टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म, रङ्गशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड र फिफा मापदण्डकै स्वीमिङ पुल पनि निर्माण हुनेछ । यसभित्र एक हजार ५०० दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल, भलिबल, ह्याण्डबललगायतका खेल खेल्न मिल्ने छन् ।