२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारको बिरोध जारी, प्रधानन्यायाधीश सर्बोच्चमा , बारलाई वार्ताका लागि आह्वान गर्ने प्रधानन्यायाधीशको तयारी



अ+ अ-

काठमाडौं।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आज पनि कानून व्यवसायीहरुले  सर्वोच्च अदालत परिसरमा प्रदर्शन जारी राखेका छन् । कानून व्यवसायीहरुको अबरोधबीच प्रधानन्यायाधीश राणा सर्वोच्च अदालत पुग्नु भएको छ ।

सर्वोच्च भित्र कानून व्यावसायीको प्रदर्शन भै रहँदा बाहिर भने प्रधानन्यायाधीश राणाको पक्षमा प्रदर्शन भएको छ । भित्र बाहिर नै प्रदर्शन भएका कारण सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मी  ठूलो संख्यामा परिचालन गरिएको छ ।

 प्रहरीले आज भने कानून व्यावसायीहरुलाई सर्वोच्च अदालत भित्र माईक प्रयोग गर्न दिएको छैन । यसै बीच प्रधानन्यायाधीश राणाले आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनलाई वार्ताका लागि आह्वान  गर्ने तयारी गर्नु भएको छ । प्रधानन्यायाधीश राणाले आजै एक बिज्ञप्ति जारी गरी वार्ताका लागि  आह्वान  गर्ने तयारी गर्नुभएको जनाइएको छ ।