काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आज पनि कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा प्रदर्शन जारी राखेका छन् । कानून व्यवसायीहरुको अबरोधबीच प्रधानन्यायाधीश राणा सर्वोच्च अदालत पुग्नु भएको छ ।
सर्वोच्च भित्र कानून व्यावसायीको प्रदर्शन भै रहँदा बाहिर भने प्रधानन्यायाधीश राणाको पक्षमा प्रदर्शन भएको छ । भित्र बाहिर नै प्रदर्शन भएका कारण सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मी ठूलो संख्यामा परिचालन गरिएको छ ।
प्रहरीले आज भने कानून व्यावसायीहरुलाई सर्वोच्च अदालत भित्र माईक प्रयोग गर्न दिएको छैन । यसै बीच प्रधानन्यायाधीश राणाले आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनलाई वार्ताका लागि आह्वान गर्ने तयारी गर्नु भएको छ । प्रधानन्यायाधीश राणाले आजै एक बिज्ञप्ति जारी गरी वार्ताका लागि आह्वान गर्ने तयारी गर्नुभएको जनाइएको छ ।