१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको हैजाविरुद्धको साढे दुई लाख डोज ओरल खोप नेपाल आइपुग्यो



अ+ अ-

काठमाडौं । हैजाविरुद्धको साढे दुई लाख डोज ओरल खोप नेपाल आइपुगेको छ । उक्त खोप विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको हो । 

स्वास्थ्य मन्त्रालयलका अनुसार कपिलवस्तुको पाँच वटा नगरपालिकाका स्थानीयलाई सो खोप आगामी आइतबार लगाइने छ ।

कपिलवस्तुको कृष्णनगरपालिकामा ६० हजार १५६, महाराजगञ्जमा ५३ हजार १५६, शिवराजमा ६४ हजार ७७८, विजयनगरमा ३५ हजार ९०३ र यशोधरामा ३७ हजार ७८३ खोप डोज वितरण गरिनेछ।

यतिबेला कपिलवस्तुमा झाडापखालाको प्रकोप फैलिएसंगै प्रकोपबाट चार जनाको समेत मृत्यु भइसकेको मन्त्रालयले जनाएको हो ।