काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा र जारी आन्दोलनका बारेमा नेकपा (माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गणतान्त्रिक प्रगतिशील कानून व्यवसायी एशोसिएसनमा आबद्ध केही कानून व्यवसायीसँग छलफल गर्नुभएको छ ।
दाहालले आफ्नो निवास खुमलटारमा बिहान आठ बजे एशोसिएसनमा आबद्ध केही कानून व्यवसायीलाई बोलाउनु भएको थियो ।
छलफलमा दाहालले नेपाल बारको अगुवाईमा भइरहेको आन्दोलन र प्रधानन्यायाधीश राणाको अडान तथा राजीनामाका लागि वैकल्पिक उपाएहरुका बारेमा छलफल गर्नुभएको थियो ।
यसअघि कार्तिक ७ गते आईतबार पनि एशोसिएसनमा आबद्ध कानून व्यवसायीहरुसँग छलफल गर्दे राणालाई हटाउन सबै अस्त्रको प्रयोग निर्देशन दिनुभएको थियो ।
त्यसलगत्तै कार्तिक ८ गतेबाट नेपाल बार एशोसिएसन प्रधानन्यायाधीश विरुद्धको आन्दोलनमा आक्रामक बनेको थियो । त्यस समयमा छलफलमा सहभागी एक कानूनव्यवासायीले न्यूजपोलारसँग भन्नुभयो ‘राणालाई हटाउन बार एशोसिएसनलाई क्रियाशील गराउने न्यायाधीश, पूर्व न्यायाधीश लगायत जो जसले आवाज उठाएका छन् उनीहरुलाई साथ दिने काम हुन्छ ।’
कार्तिक ७ को छलफलमा राष्ट्रियसभा सदस्य एवं बरिष्ठ अधिवक्ता रामनारायण बिडारी, नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, पूर्व महान्यायाधीवक्ता रमण श्रेष्ठ लगायका ८ कानून व्यवसायीहरु सहभागी हुनहुन्थो ।
छलफलमा राणालाई हटाउने, त्यसपछि एउटा उच्चस्तरीय आयोग बनाई उनको पालामा भएका अनियमितताका बारेमा छानबिन गरी सके भ्रष्टाचारमा समेत मुद्दा चलाउनुपर्ने विषय समेत उठेको थियो ।
सम्बन्धित समाचारः प्रचण्ड-कानून व्यवसायी छलफल: प्रधानन्यायाधीश राणालाई हटाउन सबै अस्त्र प्रयोग गरिने