१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रकाश दाहाल स्मृति’ दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता आजबाट सुरु



अ+ अ-

काठमाडौं । ‘प्रकाश दाहाल स्मृति’ दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता आजबाट सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पुरुष ६० केजीमा नक्सालका विजय थापा पहिलो भएका छन् । 

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा सुरु भएको प्रतियोगितामा विजयले थानकोटका विपिन गोपालीलाई हराउँदै पहिलो स्थान हात पारेका हुन् । ६० केजी स्पर्धामा बीटीएफसीका मौसम राना मगरले एपीएफका विक्रम परियार, कास्कीका सौगात कुमालले केवाइबीसीका निर्मल सुवेदी तथा नेपाल आर्मी ‘बी’ का सुजन सुनारी मगरले रामेछापका सुरेशकुमार भण्डारीलाई स्तब्ध बनाए ।

सातदोबाटोस्थित कराते हलमा भएको पुरुष ४८ केजीमा उदयपुरका लक्ष्मण राईले भीपीबीसीका दर्शन गुरुङ तथा चितवनका सरोज गुरुङले सुर्खेतका मोहन गुरुङलाई पाखा लगाए । पुरुष ५१ केजीमा आर्मीका सुवास तामाङले बाजुराका चिरन्जिवी खड्काको चुनौती समाप्त पारे । महिला ४८ केजीमा बाँकेकी माया खत्रीले नेपाल प्रहरीकी रिता धरलालाई पन्छाइन् । महिला ५१ केजीमा आर्मी ‘बी’ की जयन्ती मैनालीले भीपीबीसीकी ओमन गुरुङलाई निराश पारिन् ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच उद्घाटन गरे । उक्त अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, तालिम तथा प्रशिक्षण विभाग, राखेपका निर्देशक अर्जुन विक, राष्ट्रिय टिम तयारी, राखेपका निर्देशक महेन्द्र राईलगायतको उपस्थिति रहेको थियो ।