२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिलिपिन्सका राष्ट्रपतिद्वारा सिनेटरका लागि उम्मेदवारी दर्ता



अ+ अ-

एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले सोमबार सिनेटरका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । 

आगामी सन् २०२२ को मे महिनामा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन आवश्यक पर्ने कागजपत्रहरु उहाँले सोमबार पेस गर्नुभएको हो । 

राष्ट्रपतिको कार्यकाल पूरा गरेर बहिर्गमनको चरणमा रहनु भएका डुटेर्टेले आफ्ना वकिलहरु मार्फत उम्मेदवारी दर्ता गराउनुभएको जनाइएको छ । 

उम्मेदवारी दर्ता गराउन निर्वाचन आयोगले तोकेको समयावधिको अन्तिम दिन उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । 

अहिले ७६ वर्ष पुग्नु भएका डुटेर्टेले पीडीडीएस पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपति डुटेर्टेले अघिल्लो हप्ता सक्रिय राजनीतिबाट आफूले बिदा लिन लागेको सार्वजनिक रुपमा घोषणा गर्नुभएको थियो । 

उहाँले आगामी निर्वाचनमा आफूले उम्मेदवारी दिएर प्रतिस्पर्धा नगर्ने दाबीसमेत गर्नुभएको थियो ।

उहाँ यसअघि सन् २०१६ मा फिलिपिन्सको राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो । त्यो कार्यकाल आगामी सन् २०२२ को जुन ३० मा सकिन लागेको छ ।

फिलिपिन्सको संविधानले कुनै पनि व्यक्तिलाई फिलिपिन्सको राष्ट्रपतिमा ६ वर्षे एक कार्यकाल मात्रै जिम्मेदवारी लिन पाउने व्यवस्था गरेको छ । 

नयाँ राष्ट्रपति चयनका लागि फिलिपिन्समा आगामी सन् २०२२ को मे ९ तारिखमा निर्वाचन हुन लागेको छ ।