१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको प्रदेश अधिवेशन सम्पन्न, सबै प्रदेशको परिणाम प्राप्त



अ+ अ-

काठमाडौं । राप्रपाको आइतबार सातवटै प्रदेशको एकैसाथ सुरु भएको प्रदेश अधिवेशन आज सम्पन्न भएको छ । केही प्रदेशमा सर्वसम्मत र केही प्रदेशमा मतदानबाट परिणाम आएको छ । 

प्रदेश नम्बर १ मा भक्ति सिटौलालाई पराजित गर्दै राम थापा, गण्डकी प्रदेशमा मदनबहादुर कार्कीलाई पराजित गर्दै हेमजङ्ग गुरुङ र लुम्बिनी प्रदेशमा ऋषिराज देवकोटालाई पराजित गर्दै प्रदीपकुमार उदय मतदान प्रक्रियाबाट अध्यक्ष पदमा निर्वाचित भएका छन् भने प्रदेश नम्बर दुईमा भरत गिरी, बागमती प्रदेशमा विक्रम बहादुर थापा, कर्णाली प्रदेशमा दीपबहादुर शाही र सुदुर पश्चिम प्रदेशमा धर्मराज जोशी सर्वसम्मत अध्यक्ष चयन भएको पार्टीको महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

राप्रपाले आइतबार एकैदिन सातवटै प्रदेशको अधिवेशन आयोजना गरेको थियो । पहिलोपटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गरेर राप्रपाले मङ्सिर ११, १२ र १३ गते काठमाडौँमा महाधिवेशन गर्दैछ । श्रेष्ठका अनुसार  मंसिर ३,४ र ५ गते गते राप्रपाका महाधिवेशन प्रतिनिधि छनोट हुने कार्यतालिका रहेको छ । रासस