१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बन्दको प्रभाव न्यून , बन्द गराउदै हिडेकाहरु ठाउँ ठाउँबाट पक्राउ



अ+ अ-

काठमाडौं । इन्धनमा गरिएको  मूल्यबृद्धिको बिरोधमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आह्वान भएको नेपाल बन्दको प्रभाव न्यून परेको छ । सार्बजनिक सबारीका साधनहरु थोरै मात्रामा चलेका छने भने निजी सवारीहरु निर्वाध रुपमा  संञ्चालन भएका छन् । बन्दलाई मध्यनजर गर्दे ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । शिक्षण संस्थाहरुमा भने बन्दको असर देखिएको छ ।

यसैबीचनेपाल बन्द गराउन सडकमा खटिएका नेकपाका ११ जना कार्यकर्ता दमौलीबाट पक्राउ परेका छन् । आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका विप्लव निकट सो पार्टीका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशङ्करलगायत पक्राउ परेको सो पार्टीका जिल्ला इञ्चार्ज पूर्णजित पुनले जानकारी दिनुभयो । पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न उहाँले माग गर्नुभयो । नेपाल बन्दका कारण दमौली बजार बिहानैदेखि सुनसान छ ।