१४ असार २०८३, आईतवार
,
Latest
आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्नेछः अर्थमन्त्री वाग्ले नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँः अर्थमन्त्री डा. वाग्ले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

४० वर्षपछि मणि केशवनारायणको नित्य पूजा थालियो



अ+ अ-

ललितपुर । पाटन दरबार सङ्ग्रहालय भित्र अवस्थित मणि केशवनारायण मन्दिरमा ४० वर्षपछि नित्य पूजा थालिएको छ ।विभिन्न कारणले स्थगित भइरहेको सो पूजा सोमबार हरिबोधनी एकादशीका दिनदेखि थालिएको हो ।  

मणि छँ ब्राह्मण समूहका सहयोगमा नारायणको क्षमा पूजा र विष्णु रुद्री पाठनसहित दैनिक नित्य पूजाको प्रारम्भ गरिएको पुजारी माधवश्याम शर्माले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “मन्दिरको आयस्ता घट्दै गएपछि हरेक दिन पूजा चलाउन खर्च नभएकाले रोकिएको सुनिन्छ ।” सो एकतले गुम्बज शैलीमा निर्माण भएको मन्दिर पूजा गरिनाका साथै सर्वसाधारका लागि सङ्ग्रहालय खुल्ने समय खुला भएको उहाँको भनाइ छ । 

सो मल्लकालीन मन्दिर विसं १९९० को भूकम्पले भत्किएपछि मर्मत र सम्भार गरी राखिएको सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताउनुभयो । उहाँले भन्नुभयो, “यस मन्दिरमा १५औँ शताब्दीको नारायणको मूर्ति छ ।” सो नारायणको दायाँ लक्ष्मी र गरुडलाई समेत दर्शन गर्न पाइने उहाँले जानकारी दिनुभयो ।

तत्कालीन राजा योगनरेन्द्र मल्लले सो नारायणसहित अन्य सात मणिगणेश, मणिचैत्य, मणिछँ, मणिभैरव, मणिमण्डप, मणिलिङ्गेश्वर र मङ्गहिटी अर्थात् मणिधारा नामक ८ मणि पाटनमा निर्माण गरी मणिगल क्षेत्र बनाएका बताइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ मा सो मन्दिर अवस्थित छ । 

ललितपुर प्राचीन समयदेखि नै बास्तुकला एवं धर्मसंस्कृति केन्द्रका रुपमा विकास हुनाका साथै विभिन्न समयमा हुने पर्व अनि जात्राहरु आदि विविध पक्षका लागि प्रसिद्ध क्षेत्र हो । ललितपुर दरबारका प्रमुख अङ्गहरुमा तलेजु अनि द्घिमाजु मन्दिर, सुन्दरी अनि नासल तथा मूल र केशवनारायण चोक रहनाका साथै तुसा अनि लोहिटी र भण्डारखाल बगैँचा आदि समेत छन् । 

यसैगरी दरबारको पश्चिमी प्राङ्गणमा नेपाली छानेशैलीका हरिशङ्कर अनि चारनारायण तथा विश्वनाथका साथै भीमसेन मन्दिर र शिखर एवं गन्धकूट शैलीका नरसिंह मन्दिरसमेत रहेको छ । सो मन्दिरअगाडि ‘कात्तिक डबली’ मा गत बुधबारदेखि वियोगान्त कथामा आधारित कात्तिक नाट्य महोत्सव मञ्चन भइरहेको छ । ललितपुरका युपग्राम अनि यल तथा मणिगल र ललितपुरी आदि प्राचीन नाम हुन् । ललितपुरमा किरातको राजदरबार थियो भन्ने किंवदन्ती छ । रासस