१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतको समस्या समाधान गर्न आग्रह



अ+ अ-

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले न्यायपालिकाको गरिमा र जनताको न्याय पाउने हकको सुनिश्चितताका लागि सर्वोच्च अदालतमा देखिएका समस्या समाधान गर्न आग्रह गरेको छ । 

इन्सेककी अध्यक्ष डा इन्दिरा श्रेष्ठद्वारा आज जारी प्र्रेस विज्ञप्तिमा नेपाली जनताको विकास, समृद्धि तथा मानव अधिकारमैत्री एवं जवाफदेही शासनको अपेक्षामा हाल देखिएका संस्थागत अराजकताले गम्भीर आघात पुग्ने हुँदा न्यायालयको अन्योलता अन्त्य गर्न माग गरिएको छ । 

“न्यायिक सम्पादनमा भइरहेको ढिलाइले आम नागरिकको अधिकार कुण्ठित हुँदा  समस्याको समयमा नै समाधान गर्न सरोकारवालालाई आग्रह गर्छौँ”, विज्ञप्तिमा उल्लेख छ, “न्यायपालिकाले गर्ने न्याय सम्पादनका कार्य नियमितरुपमा सञ्चालन नभएकाले जनताको समयमै न्याय प्राप्त गर्ने आधारभूत अधिकार उल्लङ्घन भएको अहिले सर्वोच्चमा चलेको घटनाक्रमले देखाएको छ, भविष्यमा यस्तो समस्या नआउने सुनिश्चितताका लागि नीति, कानून र संरचनागत सुधारका कार्यमा ध्यान केन्द्रित गर्न माग गर्दर्छौं ।”