१४ असार २०८३, आईतवार
,
Latest
आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्नेछः अर्थमन्त्री वाग्ले नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँः अर्थमन्त्री डा. वाग्ले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईजलासमा फर्किएका ५ जना न्यायाधीशलाई बार पदाधिकारीले भेट्दै



अ+ अ-

काठमाडौं । प्रधानन्यायधीशले तोकेको ईजलासमा फर्किएका ५ जना न्यायाधीशलाई नेपाल बार एसोसिएसनका पदाधिकारीहरुले भेट गर्न लागेका छन् । २० दिन देखी ईजलास बहिष्कार गरेका न्यायाधीशहरू तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुडाल काममा फर्किपछि नेपाल वारको टोलीले भेट गर्न लागेको हो ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले संञ्चारकर्मीहरु संग भन्नुभयो 'उहाँहरूलाई हाम्रो आन्दोलनमा साथ दिनुस्, न्यायालयको विकृतिविरुद्ध जारी अभियानलाई साथ दिनुस् भनेर कुरा राख्न जान लागेका छौं । ' श्रेष्ठले भन्नुभयो  '५ न्यायाधीशहरुलाई २० दिन किन इजलास बहिष्कार गरेको र केही परिवर्तन नभई इजलासमा फर्किएको भनेर जानकारी पनि लिन्छौ ।'

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै २० दिन  देखी न्यायधीशहरुले इजलास बहिस्कार गरेका छन् भने  नेपाल बार एसोसिएसनले आन्दोलन गर्दे आईरहेको छ ।