१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगः एन्फाद्वारा कतार एयरवेजसँग सम्झौता नवीकरण



अ+ अ-

काठमाडौं । आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले र कतार एयरवेजले सम्झौता नवीकरण गरेका छन् । 

बुधबार दिउँसो एन्फा कम्प्लेक्समा पत्रकार सम्मलेनको आयोजना गर्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहमद एल इमामले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

कतार एयरवेजले थप एक वर्षका लागि लिगको प्रायोजनको सम्झौता गरेको छ । 

शहीद स्मारक ए डिभिजन लिग शुक्रबार (३ गते)देखि सुरु हुँदैछ ।

पत्रकार सम्मलेनमा बोल्दै एन्फा अध्यक्ष शेर्पाले सम्झौता नवीकरणसँगै आगामी समयमा रकम वृद्धि गर्ने आश्वासन समेत भएको बताए । 

एयरवेजका कन्ट्री म्यानेजर एल इमामले एन्फासँगको सम्झौता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन र जर्मन क्लब बायर्न म्युनिखसँग जस्तै सम्झौता रहेको बताए । 

कतार एयरवेजले लिग सञ्चालनको प्रायोजन स्वरुप एन्फालाई  करिब १ करोढ ७० लाखभन्दा बढी रकम दिने अध्यक्ष शेर्पाले जानकारी दिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल अपरान्ह ४ः४५ बजे सुरु हुनेछ । 

कुल ९१ खेल हुने लिगमा ए डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा घटुवा हुनेछन् । लिग विजेताले ७५ लाख पाउने छन् भने उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख पाउनेछन् ।