२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसियाको तास न्यूज एजेन्सीले अन्तरिक्षमा कार्यालय खोल्ने



अ+ अ-

मस्कोः रसियाको अग्रणी तास न्यूज एजेन्सीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा स्थायी प्रतिनिधि राख्ने गरी रसियाको अन्तरिक्ष नियामक निकाय रस्कोमोससँग एउटा समझदारी सम्झौता गरेको छ ।

रस्कोमोसका प्रमुख डिमिट्री रोगोजिनसँग सम्झौतामा हस्ताक्षर गरेपछि तास न्यूज एजेन्सीका प्रमुख सर्गेई मिखाइलोभले भन्नुभयो, “अन्तरिक्षमा पहिलो संवाददाताका रुपमा रस्कोसमोसका अन्तरिक्षयात्री अलेक्जान्डर मिसुरकिन हुनु हुनेछ । उहाँ रसियाकै हिरो पनि हुनुहुन्छ ।”

मिसुरकिन आगामी डिसेम्बर ८ मा आइएसएसका लागि कजाकस्थानको बाइकोनुर कस्मोड्रोमबाट प्रस्थान गर्ने कार्यक्रम छ । मिसुरकिनका साथ एक जना जापानी अर्बपति र उनका व्यावसायिक साथी हुनेछन् । सोयुज एमएस–२० बाट हुने यो व्यावसायिक उडान हो ।

तास एजेन्सीका प्रमुख मिखाइलोभले अन्तरिक्ष यात्री मिसुरकिनले समाचारका साथै अन्तरिक्षबाट लिइने विशेष फोटो एवं भिडियो उपलब्ध गराउने जानकारी दिनुभयो ।

हुनत, रसियाली अन्तरिक्ष यात्रीहरुले अन्तरिक्षसँग सम्बन्धित फोटोहरु खिच्ने गरेका छन् तर न्यूज एजेन्सीका लागि यो अपूर्व अवसर हुनेछ ।    सिन्ह्वा न्यूज एजेन्सी