१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसियाको तास न्यूज एजेन्सीले अन्तरिक्षमा कार्यालय खोल्ने



अ+ अ-

मस्कोः रसियाको अग्रणी तास न्यूज एजेन्सीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा स्थायी प्रतिनिधि राख्ने गरी रसियाको अन्तरिक्ष नियामक निकाय रस्कोमोससँग एउटा समझदारी सम्झौता गरेको छ ।

रस्कोमोसका प्रमुख डिमिट्री रोगोजिनसँग सम्झौतामा हस्ताक्षर गरेपछि तास न्यूज एजेन्सीका प्रमुख सर्गेई मिखाइलोभले भन्नुभयो, “अन्तरिक्षमा पहिलो संवाददाताका रुपमा रस्कोसमोसका अन्तरिक्षयात्री अलेक्जान्डर मिसुरकिन हुनु हुनेछ । उहाँ रसियाकै हिरो पनि हुनुहुन्छ ।”

मिसुरकिन आगामी डिसेम्बर ८ मा आइएसएसका लागि कजाकस्थानको बाइकोनुर कस्मोड्रोमबाट प्रस्थान गर्ने कार्यक्रम छ । मिसुरकिनका साथ एक जना जापानी अर्बपति र उनका व्यावसायिक साथी हुनेछन् । सोयुज एमएस–२० बाट हुने यो व्यावसायिक उडान हो ।

तास एजेन्सीका प्रमुख मिखाइलोभले अन्तरिक्ष यात्री मिसुरकिनले समाचारका साथै अन्तरिक्षबाट लिइने विशेष फोटो एवं भिडियो उपलब्ध गराउने जानकारी दिनुभयो ।

हुनत, रसियाली अन्तरिक्ष यात्रीहरुले अन्तरिक्षसँग सम्बन्धित फोटोहरु खिच्ने गरेका छन् तर न्यूज एजेन्सीका लागि यो अपूर्व अवसर हुनेछ ।    सिन्ह्वा न्यूज एजेन्सी