१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत-न्यूजील्यान्ड टी-ट्वान्टी क्रिकेट, भारतद्वारा न्यूजील्याण्ड पराजित



अ+ अ-

भारतमा सञ्चालित पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमामा घरेलु टिम भारतले न्यूजील्याण्डलाई ५ विकेटले पराजित गरेको छ ।

जयपुरमा बुधबार साँझ भएको पहिलो खेलमा भारतले न्यूजील्याण्डलाई हराएको हो । न्यूजील्याण्डले दिएको १६५ रनको लक्ष्य भारतले १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

भारतको जितमा महत्वपूर्ण योगदान सूर्यकुमार यादवको रह्यो । उनले ६२ रन बनाए भने कप्तान रोहित शर्माले ४८ रन जोडे। त्यसैगरी केएल राहुलले १५ रन,  श्रेयस आयर ५ तथा भेन्कातेस आयर ४ रनमा आउट भए ।

त्यसअघि पहिले ब्याटिङ गरेको न्यूजील्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १६४ रनको मध्यम स्कोर खडा गरेको थियो । न्यूजील्याण्डका लागि प्रारम्भिक ब्याट्सम्यान मार्टिन गप्टिलले ७० तथा मार्क चापम्यानले ६३ रन बनाए ।

दुबईमा हालै भएको टी२० को विश्वकप क्रिकेटमा दोस्रो स्थानमा चित्त बुझाएको न्यूजील्यान्ड र लिग चरणबाटै बिदा भएको भारतबीचको यस खेलमा भारतका नियमित कप्तान बिराट कोहली र न्यूजील्यान्डका कप्तान केन विलियम्सन दुबैले विश्राम लिएका छन् ।

यो जितसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ । एजेन्सी