१४ असार २०८३, आईतवार
,
Latest
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो सवारी दुर्घटना भएमा राज्यलाई पनि ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने कानूनी व्यवस्था सरकारले गर्नुपर्दछः ज्ञानबहादुर शाही प्रतिनिधि सभामा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश राष्ट्रपतिबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण सरकार स्मार्ट बनोस् शुभकामना छ तर ओभर स्मार्ट नबनोस्ः सांसद गुरुङ अत्यावश्यक खोपको तत्काल प्रबन्ध गर्न सांसद आचार्यको माग फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न सरकारले तत्काल पहल गर्नुपर्दछः आर्यन राई कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा पनि विद्युतीय मतदान प्रणालीलाई संसदको अनुमति, विपक्षीको विरोध



अ+ अ-

इस्लामाबादः पाकिस्तानको संसदले आगामी संसदीय निर्वाचनमा विद्युतीय मतदान प्रणालीलाई अपनाउने एउटा विधेयकलाई बुधबार स्वीकृत गरेको छ । तर निर्वाचनमा धाँधली गर्न सरकारले विद्युतीय मतदानको व्यवस्था गर्न लागेको भन्दै विपक्षीहरुले विरोध जनाएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार, विपक्षी सांसदहरुले प्रस्तावित कानुनको मस्यौदाका प्रति संसदको हलभित्रै च्यातेर विरोध जनाएका थिए । उनीहरुले संसदभित्र नाराबाजी गर्नुका साथै प्रधानमन्त्री इमरान खानमाथि मत चोरीको आरोप समेत लगाएका थिए ।

संसदको बैठक बहिस्कार गरेर बाहिर निस्केपछि बोल्दै विपक्षी दलका नेता शहबाज शरिफले भने, “हाम्रो संसदीय इतिहासमा आज अँध्यारो दिन हो भन्ने मेरो विश्वास छ । हामी यसको निन्दा गर्दछौं ।”

प्रस्तावित विधेयकका सम्बन्धमा संसदमा मतदान हुँदा पक्षमा २२१ मत परेको थियो भने विपक्षमा २०३ मत खसेको थियो ।

खान सरकारले यो विधेयक पारित गर्न महिनौंदेखि प्रयास गरिरहेको थियो । यो विधेयकले कानुनको स्वरुप लिएपछि विदेशमा रहेका पाकिस्तानी नागरिकले पनि अनलाइन मार्फत् संसदको निर्वाचनमा भाग लिन पाउने छन् ।

यो विधेयक पारित भएसँगै प्रधानमन्त्री इमरान खानले विदेशमा रहेबसेका झण्डै ९० लाख पाकिस्तानीको व्यापक समर्थन प्राप्त गर्ने सम्भावना छ ।

पाकिस्तानमा आगामी सन् २०२३ मा संसदको निर्वाचन हुँदैछ ।

पाकिस्तानमा भएका हरेक निर्वाचनमा एकअर्का दलविरुद्ध धाँधलीको आरोप प्रत्यारोप हुने प्रचलन झैं भइसकेको छ । प्रधानमन्त्री खानले भने विद्युतीय मतदान र गणना विधिले पारदर्शिता सुनिश्चित गर्ने दाबी गर्दै आउनु भएको छ ।

विपक्षी दल र धेरै राजनीतिक विश्लेषकहरुले आगामी निर्वाचनमा खान र उनको दल पराजित हुने अनुमान गरिरहेका छन् ।

खान सरकार अहिले आर्थिक संकट र बढ्दो मुद्रास्फितीसँग जुधिरहेको छ ।

विपक्षीहरुले पाकिस्तानी सेनाको सहयोगमा सन् २०१८ को चुनाव खानले जितेको आरोप लगाइरहेका छन् । तर खान सरकार र सेना दुबैले यस दाबीको खण्डन गरिरहेका छन् ।

विपक्षीहरुले खान सरकारले अघि बढाएको विद्युतीय मतदान कानुनको विरुद्धमा अदालतमा उजूरी गर्ने बताएका छन् ।