१४ असार २०८३, आईतवार
,
Latest
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो सवारी दुर्घटना भएमा राज्यलाई पनि ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने कानूनी व्यवस्था सरकारले गर्नुपर्दछः ज्ञानबहादुर शाही प्रतिनिधि सभामा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश राष्ट्रपतिबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण सरकार स्मार्ट बनोस् शुभकामना छ तर ओभर स्मार्ट नबनोस्ः सांसद गुरुङ अत्यावश्यक खोपको तत्काल प्रबन्ध गर्न सांसद आचार्यको माग फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न सरकारले तत्काल पहल गर्नुपर्दछः आर्यन राई कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज…
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनको प्रकोपलाई न्यूनिकरण गर्न क्लिन इनर्जीको उत्पादन बढाउनुपर्छ- वन मन्त्रालय



अ+ अ-

काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेम नारायण कँडेलले जलवायु परिवर्तनको प्रकोपलाई न्यूनिकरण गर्न क्लिन इनर्जी (स्वच्छ उर्जा) को उत्पादन बढाउनु पर्ने बताउनु भएको छ ।  बिहीवार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव कँडेलले जलवायु परिवर्तनको प्रकोपलाई न्यूनिकरण गर्न क्लिन इनर्जी बढाउनु पर्ने बताउनु भएको हो ।

उहाँले क्लिन इनर्जीले नै जलवायु परिवर्तको प्रकोपलाई घटाउन र हटाउन मद्दत गर्ने भन्दै अब चुला चौकामा विद्युतीय सामग्री प्रयोग गर्नुपर्ने बताउनु भयो । सचिव कँडेलले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनहरुले पनि धेरै असर गरेको बताउँदै त्यसलाई पनि विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्दै लैजानु पर्ने बताउनु भयो । उहाँले विद्युतीय सवारीसाधन सञ्चालनका लागि कोप २६ को बैठकमा १९ अर्ब अमेरिकी डलर दिने प्रतिवद्धता भइसकेको बताउनु भयो ।

सचिव कँडेलले भन्नुभयो, ‘पहिलो विषय नेपालले एकदमै कम इमिशन गर्छ, पेट्रोलियम पदार्थको कारण बढेको जलवायु परिवर्तको प्रकोपलाई न्यूनिकरण गर्न नेपालको सबैभन्दा ठूलो कुरा क्लिन इनर्जी हो, सबै चिजलाई क्लिन इनर्जीले रुपान्तरण गर्छ, त्यसलाई घटाउन, हटाउन सहयोग गर्दछ, चुलाचौकामा इलेक्ट्रिसिटी लैजान्छौं, इण्डस्ट्रीमा पनि अहिले भएका पद्धतिलाई रुपान्तरण गर्छौं, भेकललाई इ।भेकलको रुपमा ट्रान्सफर्म गर्छौं,इलेक्ट्रिक भेकलको लागि १९ बिलियन यूएस डलर दिने प्रतिवद्धता भएको छ, तीन देशमा नेपाल पनि परेको छ, घोषणा भएको छ, क्लिन इनर्जीलाई प्रयोग गरेर जान्छौँ ।’

सचिव कँडेलले जलवायु परिवर्तको प्रकोपलाई कम गर्न प्रविधि र क्लिन इनर्जीलाई बिस्तार गर्न मेहनत गर्नुपर्ने बताउनु भयो । नेपालले पेरिस सम्झौताअनुसार जलवायुजन्य प्रकोपलाई कम गर्न सम्पूर्ण प्रतिवद्धताअनुरुप काम गरेको बताउँदै सचिव कँडेलले नेपाल प्रतिवद्धताअनुरुप काम गर्ने पहिलो देश बनेको पनि बताउनु भयो ।