१४ असार २०८३, आईतवार
,
Latest
मुलुकभर अत्यावश्यक खोपको अभाब: मन्त्रालयले खरिद प्रक्रिया टुंग्याउन सकेन रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाएको भन्दै संसदमा प्रश्न नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षीको विरोध २५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल डिजिटलाइज गर्दै विभाग सुनचाँदीको मूल्य बढ्यो दूधमा आत्मनिर्भर बन्दै बागलुङ विश्वकपको अन्तिम ३२ टोलीको टुंगो, नकआउट चरणका सबै प्रतिस्पर्धा तय
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डले भने – रामदेव त आधुनिक र क्रान्तिकारी हुनुहुँदो रहेछ



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले योग गुरु रामदेव परम्परावादी नभएर आफूजस्तै क्रान्तिकारी रहेको बताएका छन् ।

पतञ्जली योगपीठको भवन उदघाटन कार्यक्रमलाई शुक्रबार बिहान काठमाडौंको मण्डीखाटारमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । 

उनले भन ‘बाबा रामदेव नभेट्दा रुढीवादी, अलि परम्परावादी हुनुहुन्छ होला भन्ने थियो। भेटेर छलफल गर्दै जाँदा, कुराकानी गर्दै जाँदा वैज्ञानिक हुनुहुँदो रहेछ। मजस्तै क्रान्तिकारी हुनुहुँदो रहेछ। योगलाई नयाँ क्रान्ति बनाउनुभयो। योगका माध्यमबाट समाजलाई निरोगीतिर लैजाने नेतृत्व गर्नुभयो। उत्पादन वृद्धिको महाभियान सञ्चालन गर्न थाल्नुभयो।’ 

पूरै समाजलाई निरोगितातिर लैजाने अभियानको नेतृत्व गरेको र आरोग्यताबाट उद्योग सञ्चालनतर्फ उत्पादन वृद्धिको अभियान सञ्चालन गरेको भन्दै उनले खुशी व्यक्त गरे ।

योग गुरु रामदेव र आचार्य बालकृष्ण बिहीबार भारतबाट नेपाल आउने वित्तिकै खुमलटारस्थित निवासमा पुगेर प्रचण्ड दम्पत्तिलाई भेटेका थिए ।