१४ असार २०८३, आईतवार
,
Latest
मुलुकभर अत्यावश्यक खोपको अभाब: मन्त्रालयले खरिद प्रक्रिया टुंग्याउन सकेन रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाएको भन्दै संसदमा प्रश्न नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षीको विरोध २५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल डिजिटलाइज गर्दै विभाग सुनचाँदीको मूल्य बढ्यो दूधमा आत्मनिर्भर बन्दै बागलुङ विश्वकपको अन्तिम ३२ टोलीको टुंगो, नकआउट चरणका सबै प्रतिस्पर्धा तय
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरजग्गाको वार्षिक मुद्रास्फिती २६ प्रतिशत, हरेक वर्ष घरजग्गा महगिएको निष्कर्ष



अ+ अ-

काठमाडौंः नेपाल राष्ट्र बैंकले पहिलो पटक सार्वजनिक गरेको घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदनले घरजग्गाको कारोबारमा २६ प्रतिशतको हाराहारीमा मूल्यवृद्धि हुने गरेको निष्कर्ष निकालेको छ ।

बैंकले आज सार्वजनिक गरेको प्रतिवेदनमा वाणिज्य बैंकहरुबाट प्राप्त तथ्याँकको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फिती मालपोत कार्यालयबाट प्राप्त तथ्याँकभन्दा झण्डै ७ प्रतिशत बढी रहेको देखिएको छ ।

सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६/७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्याङ्कको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत रहेको छ भने मालपोत कार्यालयहरूबाट प्राप्त तथ्याङ्कका आधारमा यस्तो मुद्रास्फीति १९.७३ प्रतिशत रहेको छ ।

बैंकले भनेको छ, आर्थिक वर्ष २०७७/७८ को प्रथम नौ महिनामा यस्तो मुद्रास्फीति क्रमशः १६.३१ प्रतिशत र १२.५७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ को प्रथम नौ महिनामा घरजग्गाको कारोवारमा केही शिथिलता आएकोले घरजग्गा मुद्रास्फीति केही कम रहेको छ ।

मौद्रिक नीतिका प्रमुख उद्देश्य मूल्य स्थिरता र वित्तीय स्थिरता हासिल गर्न तथा समष्टिगत  विवेकशील  (Macroprudential) नियमन तर्जुमाको लागि समेत घरजग्गा (Real Estate) मूल्य सूचकाङ्क महत्वपूर्ण हुने देखिएको हुँदा यसको निर्माण हुनु आवश्यक रहेको छ । तसर्थ, घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी यो प्रतिवेदन तयार गरिएको बैंकले जनाएको छ ।  

घरजग्गा मूल्य सूचकाङ्क प्रकाशन गर्ने सन्दर्भमा कतिपय देशहरूमा घरजग्गाको मूल्य सूचकाङ्क तयार गर्ने गरिएको पाइएको छ भने कतिपय देशमा घर (Housing) को मात्र मूल्य सूचकाङ्क निकाल्ने गरेको पाइएको छ । त्यसैगरी, यस्तो सूचकाङ्क निकाल्ने विधिहरूमा पनि भिन्नता रहने गरेको छ ।

घरजग्गा मूल्य सूचकाङ्क तयारी गर्नका लागि प्रत्येक प्रदेशबाट भौगोलिकता, कारोवारको  सघनता र तथ्याङ्क उपलब्धतासमेतलाई दृष्टिगत गरी नमूनामा परेका २० वटा जिल्लाका  २० स्थानलाई तथ्याङ्क स्रोत केन्द्रको रूपमा छनोट गरी त्यस्ता तथ्याङ्क स्रोत केन्द्रहरूबाट  तथ्याङ्क सङ्कलन गरिएको छ, बैंकले जनाएको छ ।

सर्वेक्षणले निर्धारण गरेका तथ्याङ्ग स्रोत केन्द्रभित्र घरजग्गाको सबैभन्दा धेरै कारोवार हुने नगरपालिका/उपमहानगरपालिका/ महानगरपालिकाका सबैभन्दा धेरै कारोवार हुने २ वटा  वडालाई सर्वेक्षण स्थल मानी सो स्थानका सम्बन्धित मालपोत कार्यालयहरूबाट जग्गा र  घरजग्गाको रजिष्ट्रेसन कारोवारको आधारमा घरजग्गा मूल्य तथ्याङ्क सङ्कलन गरिएको छ ।

त्यस्तैगरी, वाणिज्य बैंकहरूको बढी कारोबार तथा शाखा सञ्जालको विस्तारको आधारमा ६ वटा वाणिज्य बैंकहरू छनोट गरी मालपोत कार्यालयकै कारोवारबाट निर्धारित स्रोत  केन्द्रका सर्वेक्षण स्थलहरूमा कर्जा प्रवाह गर्दा सम्बन्धित बैंकहरूले सूचीकृत गरेका  मूल्याङ्कनकर्ताबाट हुने धितो (जग्गा र घरजग्गा) को बजार मूल्याङ्कनको आधारमा घरजग्गा
मूल्य तथ्याङ्क सङ्कलन गरिएको छ ।

घरजग्गा मूल्य सूचकाङ्क निर्माणको लागि भाराङ्क निर्धारण गर्ने सम्बन्धमा २०७५/७६ को  घरजग्गा रजिष्ट्रेशनको कुल कारोवार सङ्ख्यालाई आधार मानी भार निर्धारण गरिएको छ । उक्त भाराङ्कलाई जिल्लागत, प्रदेशगत एवम् राष्ट्रिय स्तरमा समेत निधारण गरिएको छ ।  राष्ट्रिय स्तरमा जग्गा मात्रको भाराङ्क ७६.६७ प्रतिशत र घर–जग्गाको भाराङ्क २३.३३ प्रतिशत रहेको छ ।

निर्धारित स्थानहरूमा स्थलगत सर्वेक्षण र अनलाइन सर्वेक्षणमार्फत तथ्याङ्क सङ्कलन  गरिएको छ । स्थलगत सर्वेक्षण गर्दा सम्बन्धित नगरपालिका÷उपमहानगरपालिका÷ महानगरपालिकाको कारोबारको विवरण हेरी अधिकतम कारोबार हुने २ वटा वडा छनोट गरिएको छ । उक्त वडाको कारोबारको विवरणलाई सूचीकरण गरी उक्त सूचीबाट  विधिबाट कुल कारोबार सङ्ख्याको १० प्रतिशतले हुने नमूना छनोट गरी ती नमूनाहरूको विस्तृत विवरण (रजिस्ट्रेशन नं., कित्ता नं., नक्सा नं., घर भए÷नभएको, क्षेत्रफल तथा थैली कारोबार रकम आदि) सङ्कलन गरिएको छ ।

मालपोत कार्यालयको तथ्याङ्कमा आधारित घरजग्गा मूल्य सूचकाङ्क निर्माणको लागि तोकिएका २० वटा मालपोत कार्यालयहरूको स्थलगत तथा अनलाइन सर्वेक्षणको आधारमा १०३३६ वटा नमूना कायम गरिएको छ । त्यस्तै, ६ वटा बैंकबाट प्राप्त कुल २४७६ वटा कारोवारलाई नमूनामा समावेश गरिएको छ । २०७५ साउन १ गतेदेखि २०७५ पुस मसान्तसम्ममा घरजग्गाको धितोमा प्रवाह भएको कर्जाको वडा अनुसारको कर्जा विवरण खुल्ने गरी तथ्याङ्क झिकाई सूची बनाएर विश्लेषण गरिएको बैंकले जनाएको छ ।