१४ असार २०८३, आईतवार
,
Latest
मुलुकभर अत्यावश्यक खोपको अभाब: मन्त्रालयले खरिद प्रक्रिया टुंग्याउन सकेन रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाएको भन्दै संसदमा प्रश्न नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षीको विरोध २५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल डिजिटलाइज गर्दै विभाग सुनचाँदीको मूल्य बढ्यो दूधमा आत्मनिर्भर बन्दै बागलुङ विश्वकपको अन्तिम ३२ टोलीको टुंगो, नकआउट चरणका सबै प्रतिस्पर्धा तय
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका–३ ठूलोभंगाल, चपली बस्ने ताप्लेजुङ फुलपिङ् नगरपालिका–११ स्थायी वतन भएका ४६ वर्षीय अन्दीराम इजम लिम्बूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

उक्त मुद्दामा उच्च अदालत पाटनको २०७६ मंसिर १० गतेको आदेशले ५ दिन कैद र ३० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका लिम्बुलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले भक्तपुर नयाँठिमीबाट पक्राउ गरेको हो । 

लिम्बुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई २०७४ पुस २८ गते सिद्धार्थ बैंक लिमिटेडको चेक काटी दिएको कसूरमा अदालतले उक्त फैसला गरेको थियो । 

उनलाई फैसला कार्यान्यवनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको उक्त ब्यूरोले जनाएको छ ।