१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

परराष्ट्रमन्त्रीसँग अमेरिकी सहायक विदेशमन्त्रीको भेट

परराष्ट्रमन्त्रीसँग अमेरिकी सहायक विदेशमन्त्रीको भेट
अ अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उपसहायक विदेशमन्त्री केली किडरलिङले शिष्टाचार भेट गर्नुभयो । 

त्यस अवसरमा नेपाल–अमेरिका मैत्री र सहयोगका बृहत् क्षेत्रमा छलफल हुनाका साथै  नेपालको विकास प्राथमिकताका विभिन्न विषयसहित महामारीपछिको आर्थिक पुनरुत्थानमा व्यापार र लगानीको भूमिका महत्वपूर्ण हुनेमा उहाँहरूबीच छलफल भएको थियो । 

परराष्ट्रमन्त्री डा खड्काले कोभिड–१९ को महामारीका बेला खोपलगायत अमूल्य चिकित्सा सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद दिनुभयो । दुवै पक्षले नेपाल र अमेरिकाबीच लामो समयदेखिको सहयोग र सहकार्यका नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण हुनसक्ने मिलेनियम कर्पोरेशन च्यालेञ्ज ९एमसिसी० परियोजनालगायत विषयमा पनि विचारविमर्श गरेको थियो । सहायक विदेशमन्त्रीले परराष्ट्रमन्त्रीलाई अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको बधाई सन्देश सुनाउँदै पारस्परिक हितका विषयमा परराष्ट्र मन्त्रालयसँग मिलेर काम गर्न अमेरिकी विदेशमन्त्री तत्पर रहेको जानकारी दिनुभएको थियो । 

नेपालसँगको अमेरिकी सहयोग निरन्तर रहने आश्वासन उहाँले परराष्ट्रमन्त्रीलाई दिनुभएको थियो । नेपालजस्ता जलवायु जोखिममा रहेका पर्वतीय देशमा जलवायु परिवर्तनले पारेको प्रतिकूल असरलाई स्वीकार गर्दै दुवै पक्षले प्रभावकारी जलवायु कार्य, अनुकूलन र न्यूनीकरण उपायका लागि वित्त व्यवस्थापनको आवश्यकताबारे विचार आदानप्रदान गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ । 

दुवै पक्षले बदलिएको अन्तर्राष्ट्रिय परिवेशमा नेपाल–अमेरिका सम्बन्धको गतिशीलताका साथै उच्चस्तरीय भ्रमणको आदानप्रदान, आर्थिक साझेदारी र दुई देशका जनताबीचको सम्पर्कलगायत द्विपक्षीय संलग्नतालाई अगाडि बढाउने उपायबारे छलफल गरेका थिए ।