१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सन्दर्भ एमाले महाधिवेशनः युवा नेताको आग्रह– सहमतिका आधारमा नेतृत्व चयन

सन्दर्भ एमाले महाधिवेशनः युवा नेताको आग्रह– सहमतिका आधारमा नेतृत्व चयन
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)को युुवा नेताले दशौँ राष्ट्रिय महाधिवेशनमा सहमतिका आधारमा पदाधिकारी  र निर्वाचनको माध्यमद्वारा केन्द्रीय सदस्य चयन गर्नुपर्ने माग गरेका छन् । महाधिवेशनको मिति नजिकिँदै गर्दा युवा नेताहरुले पार्टीलाई एक ढिक्का बनाउनका लागि सहमतिका आधारमा पदाधिकारी र निर्वाचनको माध्यमबाट केन्द्रीय सदस्य चयन गर्न आग्रह गरेका हुन् । 
    
तत्कालीन एमालेका वरिष्ठ नेता नेपालले नेकपा (एकीकृत समाजवादी) अलग पार्टी गठन गरिसक्नुभएको अवस्थामा पार्टीलाई एकै ढिक्का बनाउन पहल गरेका हुन् । प्रचार विभाग उपप्रमुख सूर्य थापा पार्टीका शीर्ष नेताहरुले सर्वसम्मत नेतृत्व चयनमा जोड दिने बताउनुभयो । “अहिलेसम्मको विकसित परिस्थितिलाई  हेर्दा सहमतिका आधारमा नै नेतृत्व चयन गर्ने प्रयास हुन्छ”, उहाँले भन्नुभयो, “अहिले कोको उठ्ने निश्चित भइकेको छैन । तैपनि पार्टीलाई थप एकताबद्ध बनाउन सहमतिमा नै नेतृत्व चयन हुन्छ ।”

अध्यक्षमा केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल उपाध्यक्षमा भीम रावल, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, सुभास नेम्बाङ र धनश्याम भुसाल, महासचिवमा विष्णुप्रसाद पौडेल, शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे र पृथ्वीसुब्बा गुरुङ आकाङ्क्षी हुनुहुन्छ । 

विद्युतीय उपकरणबाट गरिने मतदानमा १५ पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी तथा लेखा आयोग र अनुशासन आयोगमा १५÷१५ जनासमेत निर्वाचित हुनेछन् । पदाधिकारीमा पुरानै अनुहार दोहोरिए पनि २१० केन्द्रीय सदस्यमा भने युवा नेतृत्व आउने भएका छन् । 

यसअघि आठौँ र नवाँै राष्ट्रिय महाधिवेशनको नेतृत्व निर्वाचनको माध्यमबाट भएको थियो । आठौँ महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली र झलनाथ खनालबीच प्रतिस्पर्धामा खनाल निर्वाचित हुनुभएको थियो भने नवौँ महाधिवेशनमा पार्टीका नेता नेपाललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित हुनु भएको थियो । 

केन्द्रीय सदस्य खिमलाल भट्टराईले पार्टीलाई आम कार्यकर्ताको माझमा एक ढिक्काको सन्देश दिनका लागि सहमतिका आधारमा पदाधिकारी चयन गर्नुपर्ने माग गर्नुभयो । एमालेमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिवको व्यवस्था गरिएको छ । नेता भट्टराईले शीर्ष नेतृत्वले पदाधिकारीमा सहमति जुटाउन नसके आफूले  पनि उम्मेदवारी दिने बताउनुभयो । “आम कार्यकर्तामा सकारात्मक सन्देश दिनका लागि पदाधिकारी सर्वसम्मत चयन गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “यही सहमतिका आधारमा पदाधिकारी चयन गर्न सकिदैन भने मेरो पनि पदाधिकारीमा उम्मेदवारी रहन्छ ।”

केन्द्रीय सदस्य माधवप्रसाद ढुङ्गेलले पनि पदाधिकारी सहमतिका आधारमा निर्वाचित गर्न सके पार्टीभित्र गुटबन्दी अन्त्य हुने बताउनुभयो।  उहाँले पदाधिकारीभित्र उच्च समझदारी कायम गरेर अगाडि बढेमा आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउनसक्ने जिकिर गर्नुभयो । “पार्टीलाई एकताबद्ध बनाउन पदाधिकारीमा सर्वसम्मत गर्नसके र केन्द्रीय सदस्यका लागि निर्वाचन भए पनि पार्टीभित्र गुटबन्दी हँुदैन”, उहाँले भन्नुभयो, “यसले पार्टीलाई थप मजबुत बनाउँछ ।”

एमाले नेत्री विद्या भट्टराईले वडादेखि नै सहमतिका आधारमा नेतृत्व चयन भइरहेको अवस्थामा केन्द्रमा पनि सर्वसम्मतका आधारमा नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो । “पार्टीबाट केही समूह अलग भएर समस्या आयो । त्यो समस्यालाई समाधान गर्न पनि महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “सर्वसम्मत नेतृत्व चयन गर्दा पार्टी एकता भएको सन्देश दिन सकिन्छ ।”

उहाँले सहमतिका आधारमा पनि नेतृत्व चयन गर्दा लोकतान्त्रिक विधि अवलम्बन हुने बताउनुभयो । महाधिवेशनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट एमालेमा प्रवेश गर्नुभएको रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापालगायत नेता हुनुहुन्छ ।  

महाधिवेशनमा देशैभरबाट एक हजार १९९ प्रतिनिधि चयन भइसकेका छन् । यस्तै कूल निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनीत गर्नेछ । महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ ।  –शरद् शर्मा