१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नेपाली कांग्रेस १४औँ महाधिवेशनः क्षेत्रीय अधिवेशनबाट पदाधिकारी चयन

नेपाली कांग्रेस १४औँ महाधिवेशनः क्षेत्रीय अधिवेशनबाट पदाधिकारी चयन
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कञ्चनपुरका छवटै प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट पदाधिकारी चयन भएका छन् । 

शुक्रबार भएको निर्वाचनमा छवटै प्रदेशसभामा नेतृत्व चयन भएको छ । निर्वाचन क्षेत्र नं १ को (क) मा सभापतिमा मानबहादुर रोकाया निर्वाचित हुनुभएको छ । त्यस्तै उपसभापतिमा जगदीश राना र पे्रमसिंह ठगुन्ना, सचिवमा जयबहादुर विष्ट र दिपक श्रेष्ठ तथा सह–सचिवमा केशव एसके, र चुँडामणि भट्ट निर्वाचित हुनुभएको छ । 

यसैरी निर्वाचन क्षेत्र नं १ को ९ख० को सभापतिमा चेतनकुमार राई,  उपसभापतिमा रामलाल राना र रङ्गवीर चौधरी, सचिवमा खगेन्द्र पण्डित र दिनेश कुँवर तथा सहसचिवमा गीता सबखोली रोकाया र महादेव पाण्डेय निर्वाचित हुनुभएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नं २ को ९क० को सभापतिमा झङ्कर खड्का (पुरन), उपसभापतिमा उत्तमराज भट्ट र मिनबहादुर विष्ट, सचिवमा नवराज पन्त र लालबहादुर धामी तथा सहसचिवमा गणेशबहादुर विष्ट र धर्मदेव राना निर्वाचित हुनुभएको छ भने सोही निर्वाचन क्षेत्र ९ख०को सभापतिमा करनसिंह ऐर, उपसभापतिमा टीकाराम बोहरा र नरबहादुर कुँवर, सचिवमा दिपकराज बोहरा र ज्ञानेश्वरप्रसाद जोशी तथा सहसचिवमा हवल्दार चौधरी र तोयाराज पन्त निर्वाचित भएका छन् । 

निर्वाचन क्षेत्र नं ३ को (क) मा सभापतिमा पद्मराज अवस्थी, उपसभापतिमा कमलसिंह जोरा र जगदीशसिंह विष्ट, सचिवमा तारासिंह भाट र अशोक पाण्डेय तथा सहसचिवमा कैलाश चन्द र टेकबहादुर विष्ट निर्वाचित हुनुभएको छ भने सोही निर्वाचन क्षेत्र ९ख० को सभापतिमा पुष्कर जोशी, उपसभापतिमा लालबहादुर शाही र वीरेन्द्र चन्द, सचिवमा पुरुषोत्तम अर्याल र डम्बर गुरुङ तथा सहसचिवमा गणेश रावल र लक्ष्मी मल्ल निर्वाचित भएका छन् ।