२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेस्टरको पोस्टमा चेल्सीको तीन गोल



अ+ अ-

लेस्टरः इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा लेस्टर सिटीलाई चेल्सीले ३-० गोल अन्तरले पराजित गरेको छ ।

लेस्टरको गृह मैदान किङ पावर स्टेडियममा भएको खेलमा शुरु देखि नै चेल्सीले लेस्टरमाथि दबाब बनाएको थियो ।

यो सिजन निकै फर्ममा रहेको चेल्सीका लागि एन्टोनियो रुडीगर र एन्गोलो कान्टेले पहिलो हाफमा सुन्दर दुई गोल गरेर टिमलाई २–० को अग्रता बनाएका थिए । रुडीगरले १४औं मिनेटमा हेड मार्फत गरेका थिए भने कान्टेले २८औं मिनेटमा डिबक्स बाहिरबाट प्रहार गरेको बल सुन्दर रुपमा गोलमा परिणत भएको थियो ।

तेस्रो गोल ७१ औं मिनेटमा क्रिस्टियन पुलिसिकले गरेका थिए । चेल्सीले प्रहार गरेका अरु दुई गोल अफसाइड घोषणा गरिएका थिए ।

लेस्टरका तर्फबाट केही राम्रा प्रहार भए पनि चेल्सीका गोलकिपरले सुन्दर बचाउ गरेका थिए ।

यो जितसँगै यस सिजनको लिगमा चेल्सी पहिलो स्थानमा कायमै छ । पछिल्लो अंक तालिकामा चेल्सीले १२ खेलबाट २९ अंक बनाएको छ भने एक खेल कम खेलेको म्यान्चेस्टर सिटीको ११ खेलबाट २३ अंक छ ।

आजै राति म्यान्चेस्टर युनाइटेड र वाटफोर्डबीच खेल हुँदैछ ।